कांग्रेस नेता खुमबहादुर खड्काको निधन

Khum Bahadurकाठमाडौं– कांग्रेस नेता खुमबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । शर्माले भने, ‘उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’

उनले ट्वीटरमा भनेका छन्, ‘ भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ | उहाँको आत्माले शान्ति प्राप्त गरोस् ,कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको थियो ।
उनको त्यहाँ आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन ।

भ्रष्टाचार काण्डमा जेल परेपछि कांग्रेसमा खासै सक्रिय नभएका उनी गत महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter