बालमैत्री नगर बनाउन १६ बँुदे प्रतिबद्धता

Childrenजाजरकोट, चैत १७ गते । छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन् ।

‘बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका’ विषयक दुईदिने अभिमुखीकरणको समापन कार्यक्रममा जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका हुन् ।

छेडागाड नगरपालिकाभित्रका बालबालिकाको उज्जल भविष्य निर्माण गर्न तथा बाल विकासमा लगानी अभिवृद्धि गरी बालमैत्री वातावरणको निर्माण गर्न जनप्रतिनिधिले १६ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।

जनप्रतिनिधिद्वारा जाहेर गरिएको प्रतिबद्धतामा नगरपालिकाभित्र जोखिममा रहेका बालबालिकाको तथ्यांक संकलन, विश्लेषण र अध्यावधिक गर्ने पद्धतिको स्थापना गर्नेछौँ, नगरपालिकाको योजना नीति, निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण बाल सहभागिताको सुनिश्चित गर्नेछौँ, स्थानीय तहमा प्राप्त हुने कूल पूँजीगत अनुदानको कम्तीमा १० प्रतिशत बजेट बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्ने योजना तथा कार्यक्रममा विनियोजन गरी प्रभावकारीरुपमा कार्यक्रम सञ्चालन गर्नेछौँ प्रतिबद्धता पत्रमा भनिएको छ ।

बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै नगरपालिकाअन्तर्गतका वडालाई बालविवाह मुक्त, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, पूर्णखोप, पूर्ण जन्मदर्ता, पूर्ण साक्षरलगायतका बालमैत्री स्थानीय शासनका सूचक पूरा गरी बालमैत्री वडा घोषणा गर्नेछौँ उक्त प्रतिबद्धतापत्रमा भनिएको छ ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि नगरपालिका तथा वडाले बालमैत्री वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बालकृष्ण बुढाले बताउनुभयो । खराब प्रवृत्तिसँगको लडाईं जित्नका लागि प्रयोग गरिने हतियार बुद्धि, विवेक, सकारात्मक धारणा, धैयर्तामा रहनुपर्ने भन्दै प्रतिबद्धताको कार्यान्वयनका लागि सबैको सहयोग तथा तत्परता आवश्यकपर्ने नगर प्रमुख लालबहादुर महतराले बताउनुभयो ।

नगरपालिकाको आगामी नीति तथा योजना निर्माणका क्रममा बालबालिकाको आवश्यकतालाई पहिला प्राथमिकताको सूचीमा राखेर कार्य प्रक्रियालाई संस्थागत गर्दै समृद्ध बालमैत्री नगरपालिका निर्माण गरिने प्रमुख महताराको भनाइ रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter