समृद्धिका लागि चिनियाँ साझेदारीमा सुनिश्चितता

PM Oli Agreement

काठमाडौँ, असार ९ गते । बहुआयामिक महत्वका दृष्टिले हेरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका अवसरमा भएका दुईपक्षीय सम्झौताले नेपालीले परिकल्पना गरेका सपना यथार्थमा परिणत हुने लक्षण देखा परेको छ ।

नेपाली चिनियाँ लगानी भित्र्याउन, आपसी सम्बन्धमा नयाँ आयाम थप्न र रेलमार्ग निर्माणको तयारी गर्न भ्रमण ऐतिहासिक सावित भएको हो ।

भ्रमणका कारण दुई देशको सम्बन्धमा सकारात्मक कोल्टो फेराइ शुरु भएको छ । नेपाल सरकारको पर्याप्त गृहकार्य नहुँदा विगतका सम्झौतालाई अघि बढाउने सम्बन्धमा थप प्रगति हुने सम्भावना चाँहि पूरा नभएको कूटनीतिक मामिलाका जानकार एवं विज्ञको भनाइ छ ।

उहाँहरुले प्रधानमन्त्रीको यो भ्रमणले नेपालको समृद्धिका लागि भरपर्दाे आर्थिक साझेदारीको रुपमा चीनको भूमिका अझ बढ्ने सुनिश्चितता भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख डा खड्ग केसीले भ्रमण राजनीतिक, आर्थिक र रणनीतिक हिसाबले सफल भएको बताउँदै दुई सरकारबीचको उच्चस्तरीय संवाद र सहमतिले विश्वासको थप वातारण बनेको प्रतिक्रिया दिनुभयो ।

नेपालको भूराजनीतिक स्थितिमा जलस्रोतको विकासमा चिनियाँ निजी क्षेत्रका लगानी भित्र्याउने सम्झौता, रेलमार्ग सम्झौता, प्रसारण लाइन विस्तार र नेपाली बजार विस्तार आर्थिक हिसाबले महत्वपूर्ण भएको डा केसीको भनाइ छ ।

“अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ, नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउने तथा गहिराइमा पु¥याउनेछ, आपसीमैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म चीन आएको छु”, प्रधानमन्त्री ओलीको चीन भ्रमणको यो भनाइले करीब सार्थकता पाएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा अपेक्षा गरिएअनुसार व्यापार र पारबहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर नभए पनि निकट भविष्यमा त्यो कार्य हुने अपेक्षा डा केसीले व्यक्त गर्नुभयो । प्रोटेकलमा हस्ताक्षर नभए उत्तरततर्फको पराबहन विकल्पको लक्ष्य प्राप्त नहुने उहाँको टिप्पणी छ । डा केसीले रासससँग भन्नुभयो, “हामीले आर्थिक सहयोगका लागि तत्काल ठूलो सहयोगको अपेक्षा गर्नु हुँदैन, प्रसारण लाइन विस्तार, रेलमार्ग सम्झौता र मानवीय स्रोतको सहयोगले दक्षिणतर्फको परनिर्भता हटाउन योगदान गर्नेछ ।’

नेपालले २०७२ सालमा भारतीय पक्षबाट नाकाबन्दी खेपिरहेको समयमा अघिल्लो प्रधानमन्त्रीत्वकालमा ओलीले चीन भ्रमण गरेर व्यापार र पारबहन सम्झौता गरेपछि उत्तरी छिमेकीसँगको पारबहनको विकल्पको सम्भावनाको ढोका खुलेको थियो ।

कूटनीतिज्ञ डा भेषबहादुर थापा पनि भ्रमण सकारात्मक भएको र यसले नेपाल चीन सम्बन्धमा नयाँ आयाम शुरुवात गरेको बताउँदै ‘भूपरिवेष्टित मुलुकले समुद्रसँगको सम्पर्क र वैकल्पिक मार्गका विषयमा पुनः जोड दिइएको छ भन्नुभयो ।

“चीनले जुन खालको सद्भाव नेपाललाई देखायो, त्यो महत्वपूर्ण छ, रेलमार्ग, प्रसारण लाइनलगाययतका विषयमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति चीनले दिएको सम्मान महत्वपूर्ण छ ।”

“हामीले परिकल्पना गरेका सपना यथार्थतामा परिणत हुने लक्षण देखा परेको छ, आपसी सम्बन्धमा सकारात्मक कोल्टो फेरेको छ, यसलाई कार्यान्वयनमा लानुपर्छ,” कूटनीतिज्ञ डा थापाले भन्नुभयो ।

नेपालको संविधान जारीपछिको निर्वाचनबाट बहुमत प्राप्त पार्टी एकतासहित शक्तिशाली वाम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीबाट भएकोे औपचारिक चीन भ्रमणलाई चीनका लागि पूर्व परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले रेलमार्ग र प्रसारण लाइनको सम्झौता दूरगामी महत्वको भएको र अब नेपालको उत्तरी क्षेत्र अनिकालले भोकै मर्न नपर्ने बताउनुभयो ।

चीनको सीमाना जोडिने नेपाली एक भूभागबाट अर्काे भूभागमा जाँदा तिब्बतको बाटो प्रयोग गरी कार्गाे आदानप्रदान गर्न भ्रमणका अवसरमा भएको सहमति महत्पवूर्ण छ ।

“नेपालका विभिन्न प्रदेश सरकारका कार्यक्रम र बजेटमा उत्तरी नाका सञ्चालन, सीमापार व्यापार र आर्थिक केन्द्र सम्पर्कमा ल्याउने विषय समावेश हुनु तथा चीनमा नयाँ सम्झौता हुनुले दुई देशबीच स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार बढ्ने आधार खडा भएको छ,” उहाँले भन्नुभयो, “दुईपक्षीय व्यापार घाटा घटाउने र नेपालमा विशेष आर्थिक क्षेत्र बनाउने सम्झौताले नेपाली उत्पादन चीन पठाएर व्यापार वृद्ध हुनेछ ।”

समृद्धिका लागि आर्थिक भरपर्दाे साझेदारीका रुपमा चीनका भूमिका अझ बढ्ने सुनिश्चितता लागि पाइला चाल्ने काम भ्रमणले गरेको छ ।

चालू आवको १० महिनामा रु एक खर्ब २७ अर्ब ६९ करोडको सामान चीनबाट आयात भएको छ भने रु दुई अर्ब ७६ करोडको सामान निर्यात भएको छ । यो ६ दशमलव ३ प्रतिशत निर्यात र ९३ दशमलव ७ प्रतिशत आयात हो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter