चतराको जेटबोट दोलालघाटसम्म सञ्चालन हुने

jetbotगाईघाट, उदयपुर, असार ९ गते । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ ।

हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताउनुभयो ।

राई भन्नुहुन्छ, “सप्तकोशीको जेटबोट संखुवासभाको तुम्लिङटार हुँदै सुनकोशी भएर काभ्रेको दोलाल घाटसम्म लान सकिन्छ । एक वर्षभित्र यो योजना सफल बनाउन लागिपरेका छौँ ।”

उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ ।

आगामी हिउँददेखि एक वर्षभित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रे दोलाघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउनुहुुन्छ ।

सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने सम्बद्ध पदाधिकारी बताउँछन् । (रासस)

“अघिल्लो पटक भएको ऐतिहासिक महत्वका सन्धि सम्झौतालाई अगाडि बढाउने काम यो भ्रमणले गरेको छ, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भन्नुभयो, “चिनियाँ रेललाई काठमाडौँसम्म ल्याउने प्रयास उल्लेखनीय छ, विगतका सहमति पूरा नहुने त होइन भन्ने आशंका पनि अन्त्य भएको छ ।”

डा थापाले भन्नुभयो, “पारबहन सम्झौताको प्रोटोकल तयारीमा नेपाल सरकारले आवश्यक गृहकार्य पूरा नगरेकाले हस्ताक्षर नभएको हुन सक्ने बताउँदै तिब्बती राजमार्ग प्रयोगको सहमतिले वैकल्पिक व्यवस्थाका लागि मार्ग खडा गरेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री ओली र चीनका समकक्षीस्तरको औपाचारिक वार्ता र १४ बुँदे सहमति, निजी क्षेत्रका व्यवसायीसँग ऊर्जा, सिमेन्टलगायतका क्षेत्रमा भएका सम्झौता, राष्ट्रपति सि जिनपिङसँगको भेटवार्ता, दुईपक्षीय संयुक्त वक्तव्य जारी हुनु भ्रमणका उपलब्धि हुन् ।

पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्ध भद्र अध्ययनका क्रममा चीन गएदेखि नेपाल र चीनबीच जनस्तरको सम्बन्ध विकास भएको हो । सातौँ शताब्दीमा राजकुमारी भृकुटीको तिब्बतका राजासँग भएको विवाह, १३ औँ शताब्दीमा कलाकार अरनिकोको भ्रमण हुँदै सन् १९५५ देखि औपचारिक कूटनीतिक सम्बन्ध दुई देशका सम्बन्धका केही आयाम हुन् ।

सन् २०१२, जनवरीमा चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण नभएको स्थितिमा पनि प्रधानमन्त्री ओलीको भ्रमणले नयाँ आयाम थपेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter