• Tuesday, June 10, 2025

एसईईको नतिजा सार्वजनिक

National Examinations Board (NEB) Nepalकाठमाडौं, असार ९, २०७५ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको हो । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

२.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter