• Saturday, May 24, 2025

टेलिकममै मिदास ई-क्लास

NTC-BANNER

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्यमा मिदास ई–क्लास (MiDas eCLASS)  सेवा दिन थालेको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो ।
उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको छ । विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । नेपाल टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई–क्लास प्रयोग गर्न सक्ने छन् ।

मिदास ई–क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषयहरु समावेश गरिएको छ । मिदास ई–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुको वारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने छन् । शिक्षकले बिद्यार्थीका लागि आवश्यक पाठ्य सामग्री यसैमार्फत उपलब्ध गराउन सक्ने छन् । त्यसैगरी अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्ने छन् ।
मिदास ई–क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत  MiDas eCLASS एप डाउनलोड गर्नु पर्छ ।
यो सुविधा मिति २०७५ असार १२ देखि उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्ने छन् । यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने छ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरुको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने छ ।
इन्टरनेटको माध्यमबाट सामग्रीहरु उपलब्ध गराइने भएकोले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकाले समेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास लिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताएकी छिन।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter