• Friday, June 13, 2025

संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र मन्त्री ज्ञवाली

pradeep-gyawali

काठमाडौँ, असार १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको हो ।

संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नै नेपालको परराष्ट्र नीति निर्देशित गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफमा उहाँले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गरेको छ भन्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गर्नुभएको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवं सम्झौता कार्यान्वयनमा आएको बताउनुभयो ।

उहाँले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमा स्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हक, हित तथा अधिकार सुरक्षित गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ ।”

प्रवासमा काम गर्न गएकामध्ये दुर्घटनामा परी विभिन्न देशमा हाल २० जना नेपाली कोमामा रहेका र ३३५ कारागारमा रहेका जानकारी दिँदै उहाँले राजदूत नियुक्ति कार्य व्यवस्थित बनाइने जानकारीसमेत दिनुभयो ।

आर्थिक कूटनीतिलाई अझ व्यापक बनाउने र आर्थिक कूटनीतिमार्फत समृद्धि हासिल गरिने चर्चा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशस्थित नेपाली राजदूतावासलाई आर्थिक कूटनीतिमा परिचालनसमेत गरिने र राहदानीलाई अझ व्यवस्थित गरिने बताउनुभयो । संसद् बैठक जारी छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter