सबै मातृभाषाको सम्मान हुन्छ – मुख्यमन्त्री राउत

lal babu raut

महेन्द्रनगर, धनुषा, असार १६ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनुभएको छ ।

भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरी नीति ल्याउने बताउनुभयो ।
प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नुभयो । “मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौं, उहाँले भन्नुभयो”, “मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।”

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजर्षी जनक विश्वविद्यालयका उपकूलपति प्रा भरत झा, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter