• Monday, April 14, 2025

पर्यटन वर्ष सन् २०२० लाई सफल पारौँ

Visit Nepal Year 2020काठमाडौँ, भदौ २२ गते । सरकारले पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका व्यावसायिक सङ्घ÷संस्थालाई आग्रह गरिएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले यहाँ आज आयोजना गरेको एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसलाई सफल पार्न सबै क्षेत्रबाट उत्तिकै भूमिका हुने बताउनुभयो ।

“नेपालको पर्यटन क्षेत्रमा औपचारिक शिक्षा हासिल गरेका युवालाई आकर्षित गर्न जरुरी छ, त्यस क्षेत्रका विज्ञ र पछिल्लो पटक मिस टुरिजमका विजेताको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ का फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ का सेकेण्ड रनरअप श्रुति थापालाई सम्मान गरिएको थियो ।

प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा युवाहरुको सहभागिता वृद्धि गर्ने उद्देश्यले संस्थाले विगत तीन वर्षदेखि मिस टुरिजमको आयोजना गर्दै आएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter