• Sunday, April 20, 2025

‘सहकारिता, सहअस्तित्व र समन्वयको आवश्यकता’

Division Cooperative Officeकाठमाडौँ, भदौ २३ गते । देशमा सङ्घीयता स्थापनासँगै सङ्घीय सरकार ‘सहकारिता, सहअस्तित्व र समन्यवय’ वर्तमान अवस्थाको आवश्यकता रहेको बताइएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को ‘सङ्घीयता कार्यान्वयनका लागि नागरिकको सहभागिता ः सवाल, कमजोर पक्ष एवं चुनौती र सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्वसचिव बालानन्द पौडेलले संविधानले निर्देशित सिद्धान्तको आधारमा जनसहभागितामूलक कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयतामा जनताको माग, क्षमता, दक्षतालाई आधार बनाई हुने खाने र हुँदा खाने बीचका जनतालाई समान रुपमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । राष्ट्रले युवाशक्तिलाई क्षमताअनुसारको अवसर दिई देशमा नै प्रयोग गर्ने नीति तथा कार्यक्रम दिन सक्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

संविधानमा केही विवादित कुरा उल्लेख भएकाले त्यसलाई सच्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय सरकारले देशलाई जनमुखी तथा प्रभावकारी शासन दिनुपर्छ ।”

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिलालाई संविधानले अधिकार दिएपनि कार्यान्वयनका पक्षमा भने अझै धेरै समस्या रहेको बताउनुभयो ।

संस्थाका पूर्व अध्यक्ष डा भोला दाहालले अहिले नागरिक सार्वभौम हो की जनप्रतिनिधि सार्वभौम हो भन्ने प्रश्न उब्जेको बताउँदै सरकार जनताको सेवक नभई जनता सरकारको सेवक भएको र यसले सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको छ भन्नुभयो ।

कार्यक्रममा संस्थाको ‘रणनीतिक कार्ययोजना’, ‘सहभागिता’ र ‘हामीले चाहेको भविष्य’ नामक पुस्तिका बिमोचन गरिएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट लेखन तथा विभिन्न विधामा उत्कृष्टता प्रदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष चेतनाथ कणेलको स्व छोरा प्रसिद्ध कणेलको नाममा स्थापित प्रसिद्ध कणेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार सहप्राध्यापक गम्भीरबहादुर हाडालाई प्रदान गरियो । पुरस्कारको राशि रु १० हजारसहित प्रमाणपत्र रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter