• Sunday, April 20, 2025

निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन

Nirmala Justiceकाठमाडौँ । निर्मला पन्त हत्याकाण्डको विरोधमा राजधानी लगायत देशका विभिन्न ठाउँमा विशाल प्रदर्शन भएका छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको निम्ति देशभर दुई दर्जन बढी ठाउँमा प्रदर्शन गरिएको छ ।

गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै यी प्रदर्शन गरिएका हुन् । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको विशाल प्रदर्शनमा आम जनसमुदायको स्वतःस्फूर्त सहभागिता रहेको थियो ।

राजधानीका अतिरिक्त काकरभिट्टा हनुमान मन्दिर, अर्जुनधारा, दमक ,बिराटचोक,बिराटनगर,धरानको भानुचोक,इटहरीको रेयुकाई चोक ,इनरुवा लोकतान्त्रिक चोक,राजबिराज, भगवती मन्दिर,पाँचखाल, काभ्रे समाजकल्याण चोक, नेपालगंज बि पि चोक, पोखरा मानवअधिकार चोक, भरतपुर मेलाम्ची हेलम्बु बसपार्क ,गाईघाट पिपलचोक, विरगंज घण्टाघर,प्युठान, पाल्पा, जुम्ला,हेटौडा बुद्ध चोक, सिराहाकन्चनपुर, जनकपुर रामानन्द चोक र नुवाकोटको विदुर चोकमा समेत प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले बलात्कारीलाई ‘फाँसी दे, निर्मलालाई न्याय दे’ भन्दै नारा लगाएका छन् । प्रदर्शनकारीहरूले सरकार बलात्कारी र हत्यारालाई जोगाउने ‘खेल’मा लागेको समेत आरोप लगाएका छन् ।

उक्त घटना भएको दुई महिना बित्नलाग्दा समेत छानबिनबाट कुनै सूत्र हात नलागेकोमा सर्वसाधारणमा आक्रोश बढ्दै छ ।

कंचनपुर प्रहरी उक्त घटनाका दोषी भनेर सार्वजनिक गरेका दिलिपसिँह बिष्ट पनि डीएनए परीक्षणमा ‘नेगेटिभ’ आएपछि थुनामुक्त भैसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter