• Monday, April 14, 2025

समृद्ध नेपाललाई आवश्यक पर्ने उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई आग्रह

TUकाठमाडौँ, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै संघीय र गणतन्त्रात्मक प्रणालीअनुकूल शैक्षिक प्रणालीमा सुधार आउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अबको पुस्ताले देश निर्माण नगरेर छुट पाउने अवस्था नरहेकोे बताउँदै भन्नुभयो, “जनताका लागि सबै व्यवस्था र प्रणाली स्थापना गरेका छौँ, त्यस कारण देश बनाउन केहीले रोक्दैन । हामीले अब कसैलाई दोष देखाएर उम्कने ठाउँ छैन ।”

प्रधानमन्त्री ओलीले शिक्षाबाट ज्ञान मात्र हैन आचरण पनि निर्माण गर्नुपर्ने बताउँदै खस्कँदो नैतिक मूल्यमान्यतालाई पुनजागृत गराउने काममा समेत विश्वविद्यालय शिक्षाको पाठ्यक्रमले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यसैबीच त्रिवि सभाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter