• Wednesday, June 11, 2025

‘यार’लाई पद्यश्री साहित्य पुरस्कार

Padma Shree Awardकाठमाडौँ, कार्तिक ७ गते । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशी दुई लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनका माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गरेको हो ।

आख्यान लेखनको विशिष्ट शिल्प रहेको ‘यार’ भित्र लेखकका निजी संस्मरणलाई जीवन्त रुपमा बुनिएका छन् । लामा र छोटा गरी २५ वटा संस्मरणलाई सरल भाषामा गहन एवम् लोभलाग्दो अभिव्यक्ति संस्मरणमा छ ।

दार्जिलिङबाट प्रकाशित हुने साथी साप्ताहिक पत्रिकामा इलाम शीर्षकको निबन्ध २००८ सालमा छपाएर नेपाली निबन्ध साहित्यमा उदाएका डा शर्माका सम्पादन तथा लेखनमा हालसम्म ३३० कृति छन् ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पारेका थिए ।

सम्मानित व्यक्तित्व डा शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताए । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना भएको बताए । (कान्तिपुर)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter