नेकपाको चियापान सम्पन्न, प्रधानमन्त्री ओली अस्वस्थताका कारण उपस्थित हुन सकेनन्

UML Tea Receptionकाठमाडौँ, कात्तिक १० गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर आज शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेता, उच्च पदस्थ व्यक्ति र विभिन्न कुटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्टयाएको नेकपाले ३ देखि ५ बजेसम्म उच्च पदस्थ व्यक्तिका लागि समय छुट्टयाएको थियो ।

कार्यक्रममा पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका शीर्ष नेताहरु सहभागी हुनुहुभएको थियो । चियापान कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सिताराम यचुरी पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यमा समस्य भएका कारण उपस्थित हुनुभएन । रुघा खोकीका कारण छातीमा समस्या भएकाले कार्यक्रममा उपस्थित हुन नसक्नुभएको ओलीको सचिवालयले जनाएको छ । पार्टी महासचिव विष्णु पौडेलले चियापान कार्यक्रम शुभकामना आदान प्रदानमा केन्द्रीत भएकाले राजनीतिक रुपमा लिन नहुने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकलाई एकतावद्ध बनाउने जिम्मेवारी सत्तारुढ दल कै भएको जनाएको छ । चियापान कार्यक्रममा सहभागी कांग्रेस सभापति शेर बहादुर देउवाले मुलुकलाई एक ढिक्का बनाउने जिम्मेवारी सत्तारुढ दलको भएको प्रतिक्रिया दिनुभएको हो । कांग्रेसले पनि आगामी शुक्रबार चियापान कार्यक्रम गर्दैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter