• Tuesday, April 15, 2025

आर्थिक विकासका लागि मार्ग प्रशस्त भयो : अर्थमन्त्री

Yubaraj-Khatiwadaकाठमाडौँ, मङ्सिर १५ गते । अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएकाले मुलुकको आर्थिक विकासका लागि मार्ग प्रशस्त भएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २१औँ स्थापना दिवस तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो ।

व्यापार घाटा बढ्नु मुलुकका लागि दुःखद् रहेको भन्दै उहाँले निर्यात बढाउनेतर्फ पनि सरकार, उद्योगी तथा व्यवसायी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

आर्थिक विकासका लागि केही समय आयात नबढाइकन सुखै नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामीलाई आर्थिक विकास पनि चाहिएको छ, लगानी पनि बढाउनुपरेको छ । त्यसका लागि आयात थप भएपनि हाम्रो सोच निर्यात बढाउनेतर्फ क्रियाशील हुनुपर्छ ।”

सरकारले करको बोझ थप गरेको भनेर गरिएको प्रचारमा सत्यता नभएको भन्दै अर्थमन्त्री डा खतिवडाले लगानी सम्मेलनअगावै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन, नियम तथा कानून तयार पारिसक्ने बताउनुभयो ।

सरकारले आगामी जेठमा लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले विदेशी लगानी भित्र्याउनका लागि सरकारले आवश्यक कानूनी प्रबन्धसमेत गर्न लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष सतिशकुमार मोरलगायतले सरकार, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार र उद्योगी व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले ‘अर्थनीति’ नामक स्मारिकाको विमोचन गर्नुभयो । कार्यक्रममा नागरिक दैनिकका पत्रकार रुद्र खड्कालाई सेजन अवार्ड प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter