‘विश्वका साझा समस्या समाधानका लागि एकता’

Asia Pacific Summitकाठमाडौँ, मङ्सिर १५ गते । एशिया प्रशान्त शिखर सम्मेलनमा बोल्ने अधिकांश मुलुकका नेताले विश्वले हाल सामना गर्नु परिरहेको विभिन्न चुनौतीको सबै मुलुक मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।

युनिभर्सल पिस फेडेरेसनद्वारा आज यहाँ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले यस क्षेत्रका मुलुक आतङ्कवाद, चरमपन्थ, रोग र भोकबाट पीडित हँुदै आएको बताउँदै यी समस्याबाट मुक्ति पाउन यस सम्मेलनले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस क्षेत्रका राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न समस्याबाट समेत पीडित भएकाले आपसी सहकार्यबाट चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । नेपालले आधुनिक विश्वले सामना गर्नुपरेको समस्या समाधान गर्न शन्ति स्थापना गर्न राष्ट्रबीच आपसी सम्पर्क सञ्जाल स्थापना गरेर स्थिर र समुन्नत भविष्यका लागि मिलेर कार्य गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्वले अहिले व्यापार युद्ध, गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिकतामा ह्रास, प्राकृतिक विपद्, हतियारको होडबाजीजस्ता समस्याको सामना गरिहेको उल्लेख गर्दै उहाँले उक्त समस्या र चुनौती विकास सुरक्षा र विश्वका लागि हानिकारक भएको बताउनुभयो ।

प्रधानमन्त्री सेनले यस सन्दर्भमा युनिभर्सल पिस फेडेरेसनले विश्वका समसामयिक चुनौतीमाथिको बहस गर्न एशिया प्रशान्त सम्मेलनको आयोजना गरेकामा प्रशंसा गर्दै विश्वमा शान्ति, स्थायित्व, सुरक्षालगायत विषयमा सबैको चासो रहेको बताउनुभयो ।

विश्व र हाम्रो क्षेत्र (एशिया प्रशान्त)ले निरन्तर व्यापार युद्ध र आधारभूत आरक्षणमा आर्थिक प्रतिस्पर्धाजस्ता चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले मुख्य अन्तर्राष्ट्रिय सम्झौताबाट विश्व महाशक्ति देश पछि हटेकामा कम्बोडियाको गम्भीर चासो रहेको बताउनुभयो । कम्बोडिया सानो अर्थतन्त्र भएको मुलुक हो र समावेशी आर्थिक वृद्धिका लागि शान्ति र सुरक्षा महत्वपूर्ण हुने आफूहरुको अनुभव रहेको उहाँले अवगत गराउनुभयो ।

विगतमा आन्तरिक द्वन्द्व र गृहयुद्धको सामना गरी आर्थिक गरीबीको चपेटामा परेको कम्बोडियाले हाल तीव्र आर्थिक वृद्धिदर गरिरहेको अवगत गराउँदै उहाँले कम्बोडियाको आर्थिक विकास विश्वमै सफल उदाहरण बनेको बताउनुभयो ।

यस क्षेत्रको विकास र भविष्यका लागि कम्बोडिया उच्च आशाका साथ प्रतिबद्ध रहेको बताउँदै उहाँले सबै मुलुकबीच शान्ति, सुरक्षा र समृद्धिका लागि स्थिर र सकारात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा युनिभर्सल पिस फेडेरेसनका संस्थापक डा हाक जा हान मुनले संस्थाका काम कारवाहीमाथि प्रकाश पार्दै विश्वमा शान्ति स्थापना गर्ने आफूहरुको प्रमुख उद्देश्य भएको धारणा व्यक्त गर्नुभयो । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जि वाल्सले युपिएफ गैरसरकारी संस्था भएको र यसले विश्वभर आस्थामा आधारित र नागरिक समाजसँग मिलेर १५० देशमा काम गरिरहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter