माछा पाल्दै पूर्वमन्त्री

siraha-fishदमौली, मङ्सिर १५ गते । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अङ्गालेका छन् ।

तिनै मध्येका एक हुनुहुन्छ बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बन्नुभएका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहनुभएको छ । डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन शुरु गर्नुभएको हो ।

नयाँ शक्ति नेपालका नेता रहनुभएका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ । कृषिउद्यम गर्र्नेको सङ्ख्या भने निकै कम छ ।” गौतमले राजनीतिपछिको जीवनमा केही काम गर्छु भन्ने लक्ष्य आफूमा पहिलेदेखि नै रहेकाले माछापालन व्यवसाय शुरु गरेको बताउनुभयो ।

उहाँको आफ्नै ११ रोपनी जग्गामा माछापोखरी निर्माण गरिएको छ । उक्त जग्गामा पहिला धानखेती हुँदा वार्षिक रु एक लाख जति आम्दानी हुने गर्दथ्यो । तर माछापालनबाट भने प्रतिरोपनी वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको गौतमले बताउनुभयो ।

गौतम कृषि फार्मको सम्पूर्ण रेखदेख गौतमका ठूला छोरा कुलेन्द्र गौतमले गरिरहनुभएको छ । पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले रु एक लाख ६५ हजार अनुदान दिएको थियो । माछापालनका लागि तनहुँको हावापानी उत्कृष्ट रहेकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सजिलो खेती र माछाको बजारका कारण पनि कृषकको माछापालनमा आकर्षण बढेको छ । तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछा पालिने गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter