कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह

US flagकाठमाडौँ, मङ्सिर २० गते । सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको कृषि तथा पशुपक्षी मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूले सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

नेपालको ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रिकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको मन्त्री खनालले बताउनुभयो ।

नेपालमा सबै प्रकारका कृषिउपज उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाइ छ ।

जवाफमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले सहयोगका प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा चालू रहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूतको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter