पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

Trekking-6काठमाडौँ, मङ्सिर २० गते । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाभित्रका मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन शुरु गरेको छ ।

पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालियन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रालिको सहजीकरणमा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा पर्यटन पदमार्गको नक्साङ्कन गरिएको प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यही मङ्सिर छ देखि १२ गतेसम्म इटालीका पर्यटनविज्ञ र मेलम्ची नगरपालिकाले पर्यटकीय आकर्षणका केन्द्र र पदमार्गहरुको नक्साङ्कन गरेको हो ।

मेलम्ची नगरमा पर्यटन र कृषिको माध्यमबाट मेलम्चीलाई समृद्धितर्फ कसरी उन्मुख गराउन सकिन्छ भन्ने उद्देश्यले सो नक्साङ्कन कार्य गरिएको हो । काठमाडौँबाट २२ किमीको दूरीको भोटेचौर पातले छाँगो, चमेरे गुफालगायत अन्य चार महत्वपूर्ण गुफाको नक्साङ्कन गरिएको छ ।

नगरपालिकाको तपचुली डाँडा अर्को आकर्षण केन्द्र हो । यहाँ इलामको कन्याम बिर्साउने चिया बगान छ । चिया बगानबाट केही समयको यात्रापछि हैबुङग हँुदै चिसापानी डाँडामा पुग्न सकिन्छ । चिसापानीबाट चारैतिर मनोरम हिमालका दृश्य देख्न सकिन्छ ।

टोलीले भोदेचौरदेखि थाना भञ्ज्याङगढीसम्म पनि नयाँ पर्यटन पदमार्गको पहिचान गरेको छ । गढी पृथ्वीनारायण शाहले युद्ध लडेको ऐतिहासिक स्थान हो । उक्त गढी संरक्षणका लागि नगरपालिकाले पुरातत्व विभागसँग समन्वयन गरी ऐतिहासिक कुराको खोजी गरिने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । नगरपालिकाले पर्यटकीय केन्द्रको अलावा आगामी दिनमा पर्यटकीय पदमार्गको नक्साङ्कन गर्दै जाने प्रमुख अर्यालले बताउनुभयो ।

नगरपालिकाले गुफाडाँडा हुँदै प्रसिद्ध पर्यटकीयस्थल पाँचपोखरी जुगल हिमाल र दोर्जे लाक्पा हिमालसम्मको यात्राका लागि अर्को पदमार्गसमेत पहिचान गरेको छ । यसअघि मेलम्ची नगरपालिकाका प्रमुख अर्यालसहितको टोलीले इटालीको त्रेंतिनो प्रदेशको रोभेरेतो नगरपालिका पुगेर इटालीमा पर्यटनसम्बन्धी काम गरिरहेको संस्था (एसएटी)सँग पर्यटन विकासका लागि सहयोग गरिदिन आग्रह गरेको थियो । त्यसपछि पर्यटन पदमार्गको सम्भावनाको अध्ययनका लागि उक्त संस्थाबाट नौजना पर्यटन विज्ञ नेपालमा आएका थिए ।

उनीहरुकै सहयोग र गरिमा भोयजको सहकार्यमा पदमार्गको नक्साङ्कन गरिएको हो । सँगसँगै यो मार्गमा जिपिएस ट्र्याक पनि गरिएको छ । जसको कारणले नयाँ पर्यटकका लागि सजिलै बाटो पहिचान गर्न सकिनेछ भने सबै मार्गमा रातो र सेतो रङ लगाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter