मुढा बुनेर आत्मनिर्भर बन्दै कैदीबन्दी

inmatesतनहुँ, मङ्सिर २४ गते । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् ।

कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिनुभयो ।

कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै आउने गरेको उहाँले बताउनुभयो । उनीहरुले बुनेका मुढा तनहुँ, पोखरा, बागलङ, गोरखा, लमजुङ, चितवन लगायत बजार क्षेत्रमा बिक्री वितरण हुने गरेको छ । कारागार प्रशासन कार्यालयले मुढा बुन्न आवश्यक पर्ने बाँस, धागोलगायत कच्चा पदार्थ जुटाउन र उत्पादित मुढा बिक्री वितरण गर्न सहज वातावरण बनाइदिएको हो ।

पच्चीस जना क्षमता रहेको उक्त कारागारमा अहिले १२५ कैन्दीबन्दी छन् । उनीहरूले मुढा बुनेर बिक्री गरी प्रतिव्यक्ति मासिक पाँच हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीका नाइके थापाले भन्नुभयो, “मुढा बुन्न नजान्ने केही व्यक्तिले भने नाम्लो बुनेर आम्दानी गर्दै आएका छन् ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter