• Friday, June 13, 2025

तरकारी खेतीबाट आठ लाख आम्दानी

Vegetableतुलसीपुर, मङ्सिर २३ गते । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जङ्गबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आउनुभएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएको हो । चौधरीले हाल २२ हेक्टर जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

चौधरीले वार्षिक रु आठ लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताउनुभयो । सरस्वती कृषि सहकारीमार्फत तरकारी खेती शुरु गर्नुभएका चौधरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताउनुभयो । “वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, वर्षमा रु सातदेखि आठ लाखसम्मको आम्दानी हुने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी तुलसीपुर, हापुरेलगायत बजार र गाउँमा बिक्री गर्ने गरेको बताउनुभयो । सिँचाइको अभाव भए पनि वर्षात्को पानी सङ्कलन केन्द्र निर्माण गरेर तरकारी खेती गर्दै आएको चौधरीले बताउनुभयो ।

उहाँले यस अघि अरुको काम गर्दा मासिक रु दश हजार कमाउने गरेको भन्दै आफनो व्यवसायबाट धेरै आम्दानी हुने बताउनुभयो । उहाँले परम्परागत खेती बाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको बताउनुभयो । ‘‘गरे केहुदैन र यही मनग्य आम्दानी हुन्छ,’’ उहाँले भन्नुभयो ।

चौधरीले आफुले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने त्यति नपाएको गुनासो गर्नु भयो । ‘‘सिँचाईको अभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन उहाँले बताउनुभयो । चौधरीले हाल गोल्भेँडा, गोभी, काउली, खुसानी र आलु खेती गरेको बताउनुभयो । चौधरीलाई गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषकको रुपमा छनोट गरी पुरस्कृत समेत गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter