• Wednesday, June 11, 2025

नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

solar-wind energyकाठमाडौँ, मङ्सिर २५ गते । सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत छ वटा गाउँ तथा नगरपालिकाबीच छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकार र जर्मन सहयोग नियोग (जिआइजेड) संयुक्तरुपमा सञ्चालित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा (रेरा) कार्यक्रममार्फत सुदूर पश्चिम प्रदेशका साझेदार शुक्लाफाँटा नगरपालिका, चुरे, बडिकेदार, दोगडाकेदार, वित्थडचिर, केदारस्यूँ गाउँपालिका तथा भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच धनगढीमा आयोजित समारोहमा हस्ताक्षर भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको उपस्थितिमा भएको सो समारोहमा समझदारीपत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव इन्द्रदेव भट्ट, केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकाल र सम्बन्धित गाउँपालिकाका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरुले हस्ताक्षर गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश र गाउँ तथा नगरपालिकाको स्वच्छ ऊर्जाको अवस्थामा सुधार ल्याउन, भरपर्दो, सुलभ र आधुनिक ऊर्जामा पहुँच बढाउन संयुक्तरुपमा कार्य गर्नका लागि साझेदार निकायहरु सहमत भएका छन् । दीर्घकालीन रुपमा नवीकरणीय ऊर्जा स्रोतबाट दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन, उद्यमशीलता प्रवद्र्धन गर्न, लघु पूर्वाधार सिर्जना गर्न तथा सामाजिक र वित्तीय पपूँजी निर्माण गरी गरीबी न्यूनीकरणमा योगदान पु¥याउन सम्बन्धित मन्त्रालय, गाउँ तथा नगरपालिका र केन्द्र सहमत भएका हुन् ।

ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा केन्द्रले सुदूरपश्चिम प्रदेश र त्यहाँका पाँच गाउँपालिका तथा एक नगरपालिकालाई नवीकरणीय ऊर्जा कार्यक्रम सञ्चालनको लागि क्षमता अभिवृद्धि, प्रविधिको प्रवद्र्धन र यससँग सम्बन्धित क्रियाकलापको कार्यान्वयनमा सहयोग गर्ने कामु कार्यकारी निर्देशक ढकालले बताउनुभयो ।

ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम नेपाल सरकार र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजी) को साझेदारीमा नेपालको साना नवीकरणीय ऊर्जा क्षेत्रमा कार्य गर्ने गरी सञ्चालन गरिएको यस कार्यक्रम हो । करीब रु ५० करोडको सहयोगमा सञ्चालित यो कार्यक्रम पहिलो चरणमा २०१६ अक्टोबरदेखि तीन वर्षसम्म सञ्चालनमा रहने जिआइजेडले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter