• Friday, June 13, 2025

महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

Sanitary Padराँझा, मङ्सिर २५ गते । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो ।

भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताउनुभयो ।

महीनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयस्तरमा समेत महीनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महीनामा करीब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उहाँको दाबी छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बताउनुहुन्छ । स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter