युकेमा कार्यरत तेह्रथुमेद्धारा म्याङलुङ क्याम्पस भवन निर्माण

nrnतेह्रथुम, पुस ५ गते । तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।

निःशुल्क आँखा शिविर

आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बुधबार २९४ जनाको आँखा जाँच गरिएको थियो ।

शिविरमा २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको रेडक्रसका कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा मनिष पाण्डे नेतृत्वको टोलीले निःशुल्क आँखा जाँच, परामर्श, औषधि वितरण, चश्मा वितरण तथा शल्यक्रियाको काम गरिरहेको छ ।

यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि यही पुस ८, ९ र १० गते शिविर सञ्चालन गर्ने तयारी रहेको रेडक्रसका मन्त्री गजेन्द्र कन्दङवाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter