• Saturday, June 14, 2025

राष्ट्रिय जलवायु सम्मेलन हुने

climateकाठमाडौँ, पुस ११ गते । जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस १६ गते हुनेछ । सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनाको उपस्थिति हुनेछ । सम्मेलनमा जलवायु परिर्वतनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान शाखाका र सो क्षेत्रका विज्ञ ११ जनाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

औद्योगिक मुलुकले उत्सर्जन गर्ने कार्बनको मार नेपालीले खेप्नुपरेको हुँदा औद्योगिक मुलुकले कार्बन उत्सर्जनबाट गरेर कार्बन उत्सर्जन नगर्ने मुलुकलाई शुल्क तिर्नुपर्नेलगायतका विषयमा सम्मेलनमा छलफल हुने सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले विश्वको सबैभन्दा महत्वका साथ कार्यसूचीमा राखिएको जलवायु परिवर्तनको विषयसम्बन्धी सम्मेलन सिन्धुपाल्चोकमा हुन लागेकोप्रति खुशी व्यक्त गर्दै नेपालले कार्बन उत्र्सजन गरेर कुनै गल्ती नै नगरी जलवायु परिर्वनको असर भोग्नुपरेको बताउनुभयो ।

पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले विश्वमा कार्बन उत्र्सजन गर्नेमा नेपाल चौथो स्थापनमा देखिएको तर नेपालले कार्बन उत्सर्जनको अवस्था शून्य हुँदा पनि सो मारमा नेपाली परेकोप्रति बृहत् छलफल गनुपर्ने जरुरी देखिएकाले सम्मेलन गर्नुपरेको बताउनुभयो । सिन्धुपाल्चोकमा सो सम्मेलनको आयोजना गर्न लागेको भए पनि जलवायु परिर्वतनको क्षेत्रमा जनप्रतिनिधि नै सहभागी भएर हुन लागेको यो पहिलो राष्ट्रिय सम्मेलन हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter