• Thursday, June 12, 2025

हिउँदे अधिवेशन शुरु; जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

Nepal Parliamentकाठमाडौँ, पुस ११ गते । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ ।

नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ । अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने क्रम शुरु भएको छ ।

आजैको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्नु हुने कार्यसूची छ ।

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उहाँले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु¥याएर रचनात्मक सहयोग पु¥याउन आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढङ्गले आलोचना र सुझाव दिएर तपाईँहरुले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगत्ले सहयोग पु¥याओस् भन्ने हामीले अपेक्षा गरेको छौँ ।”

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढङ्गबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिनुभयो । आयोजक समितिका संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचित पदाधिकारीलाई सभामुख महराले प्रमाणपत्र प्रदान गर्नुभयो । यही पुस १ गते भएको संसदीय मामिला पत्रकार समाजको निर्वाचनबाट गोरखापत्रका समाचारदाता नारायण काफ्लेको नेतृत्वमा १३ सदस्सीय कार्य समिति चयन भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter