• Tuesday, April 08, 2025

ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो

Local Structureवीरगञ्ज, पुस १२ गते । ठोरी गाउँपालिका–४ की कृति श्रेष्ठले घरदैलोमै वंशजको नाताले नेपाली नागरिकता पाउँदा गाउँमै सिंहदरबार आएको अनुभूति गरेकी छिन् ।

ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराचनानी गाउँपालिका तथा पटेर्वा सुगौली गाउँपालिकालाई लक्षित गरी सुपौलीमा इलाका प्रसाशन कार्यालय स्थापना भएपछि कृति श्रेष्ठलाई मात्र होइन सो क्षेत्रका एक लाखभन्दा बढीलाई आफ्नै गाउँठाउँबाट नागरिकता लिन सजिलो भएको छ ।

“उहिले नागरिकता लिनका लागि भारतीय बजार भिखना ठोरी हँुदै नरकटियागञ्ज–रक्सौल पसेर जिल्ला प्रसाशन कार्यालय वीरगञ्ज आउनु पर्दथ्यो,” निर्मल बस्तीका लालबहादुर श्रेष्ठले भन्नुभयो, “नागरिकता लिन तीन दिन वीरगञ्ज बस्नुपर्ने बाध्यता अब इलाका प्रशासन कार्यालय स्थापना भएसँगै यो समस्या समाधान भएर गएको छ ।”

विसं २०७२ मा तत्कालीन सरकारको निर्णयअनुसार पर्सा क्षेत्र नं ४ को जीरा भवानी गाउँपालिकाको सुपौलीमा बुधबार विधिवत्रूपमा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीड बढ्दैछ । नागरिकता बिना वृद्ध भत्ता, सामाजिक भत्ता, विधवा भत्ता, जन्मदर्ता, मुत्यु दर्ताजस्ता समस्या झेलिरहेका यस भेगका जनतालाई इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सिंहदरबार गाउँमै आएको अनुभूति भएको छ । निर्मल बस्तीका मानबहादुर श्रेष्ठले भन्नुभयो, “सरकारले अब यस क्षेत्रमा मालपोत, नापी र भूमिसुधार कार्यालयसमेत स्थापना गर्नुपर्छ ।”

बुधबार एक कार्यक्रमबीच पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले कृति श्रेष्ठलाई वंशजको नागरिकता दिँदै इलाका प्रशासन कार्यालयको कामको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा प्रजिअ भट्टराईले विकासका योजनाहरू शुरु हुने तर सम्पन्न नहुने र सम्पन्न भए पनि गुणस्तरीय नहुने भएकाले यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।

जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो थारूको सभापतित्वमा भएको इलाका प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष उषा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पूर्वसांसद जयप्रकाश थारूलगायत वक्ताहरूले गाउँमै नागरिकता पाउँदा यहाँ बासिन्दा गाउँमै सिंहदरबार आएको अनुभूति भएको बताएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter