• Tuesday, April 08, 2025

राष्ट्रिय पुस्तकालयले ६१ वर्षपछि आफ्नै भवन पाउँदै

libraryसुभानु आचार्य / गोदावरी, पुस १३ गते । छ दशकसम्म अव्यवस्थित नेपाल राष्ट्रिय पुस्तकालयले अन्ततः आफ्नै भवन पाउने भएको छ ।

ललितपुरको हरिहरभवनस्थित भवनमा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको नयाँ भवन राजधानीको जमलमा निर्माण गरिने भएको छ ।

मन्त्रिपरिषद्को निणर्यअनुसार जमलस्थित सात रोपनी १५ आना तीन दाम त्रिभुवन विश्वविद्यालयको तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको जग्गामा पुस्तकालयको भवन निर्माण हुन लागेको नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

“नेपालको कला, संस्कृति र परम्परा झल्कने सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्ने योजना अघि बढेको छ”, मैनालीले भन्नुभयो, “आउँदो आर्थिक वर्षको असार मसान्तपछि पुस्तकालयको भवन निर्माण कार्य अघि बढ्ने छ ।”

विसं २०७२ को भूकम्पले पुस्तकालयको भवन पूर्णरुपमा जीर्ण भएको छ । नेपाल राष्ट्रिय पुस्तकालय बालशाखामा हाल राष्ट्रिय पुस्तकालयका केवल ११ हजार पुस्तक पाठकले अध्ययन गर्न पाउने मैनालीले बताउनुभयो ।

पुस्तकालयले एकै स्थानमा रहेका अध्ययन सामग्री व्यवस्थित गर्न नसक्दा पाठकको सङ्ख्या घटेको मैनालीको बुझाइ छ । उहाँले भन्नुभयो, “नेपाल राष्ट्रिय पुस्तकालयको बालशाखामा राष्ट्रिय पुस्तकालयका सामग्री साँघुरो टहरामा भण्डारण गर्न बाध्य भएका छौँ ।”

काठमाडौँको महेन्द्र भवन माविमा स्थान अभावका कारण राष्ट्रिय पुस्तकालयले ६९ हजार पुस्तक भण्डारण गरेको छ । मैनालीले थप्नुभयो, “अर्काे २१ हजार ५४० पुस्तक सानो ठिमी भक्तपुरमा रहेको तत्कालीन जनशक्ति शैक्षिक विकास शाखामा भण्डार गरी राखेका छौँ ।”

भूकम्पअघि राष्ट्रिय पुस्तकालयमा ‘हाडकोर’ ८२ हजार पुस्तक रहेका थिए । भने बाइन्डि¬ङ पत्रपत्रिका गरी कुल १ लाख ५० हजार अध्ययन सामग्री थिए । उहाँले जमलमा भवन निर्माण सम्पन्न भएपछि सबै सामग्री एकैसाथ राखिने जानकारी दिनुभयो ।

कीरा र धुलोबाट पुस्तकलाई जोगाउन दैनिक पुस्तकमा सफा गर्ने, एक÷दुई घण्टा पुस्तकमा हावा छिराउन पुस्तक रहेका कोठाको झ्यालढोका खोल्ने, पुस्तकमा फिनेल, कपुर हाल्ने र स्प्रेले कीटाणु मार्र्ने काम भइरहेको पुस्तकालय कक्ष अनुगमनमा खटिएका कर्मचारीको भनाइ छ ।

पुस्तकालयमा ३०० वर्ष पुराना संस्कृत, हिन्दी, नेपाली, मराठी, बङ्गाली र नेवारी भाषाका पुस्तक छन् । पुस्तकालयले आफ्नै निजी भवन निर्माण गर्न २०७३ सालमा शिक्षा मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरी पहिलो प्राथमिकतामा हरिहर भवन, दोस्रो जमल र तेस्रो केशर पुस्तकालयलाई अघि सारेकोे थियो । पुस्तकालयले भवन निर्माणका लागि मन्त्रिपरिषद्को निर्णयबमोजिम लालपुर्जासमेत प्राप्त गरिसकेको मैनालीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter