तरकारीमा आत्मनिर्भर बन्दै थारू महिला

Vegetable farmingदाङ, पुस १४ गते । तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् ।

सोमध्येकी एक हुनुहुन्छ ४२ वर्षीया स्यानी चौधरी । उहाँले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला कृषकको रुपमा चिनाउनुभएको छ । उहाँले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताउनुभयो । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्नका लागि उहाँ सधैँ एकाबिहानै छिटुवामा बोकेर घरघर पुग्नुहुन्छ ।

यसपटक दशैँ तथा तिहारको एक महीनाको अवधिमा मात्र धनियाँ बिक्रीबाट रु डेढ लाख आम्दानी गर्न सफल भएको स्यानीले बताउनुभयो । विसं २०५८ देखि नै यो पेशा अपनाए पनि व्यावसायिक रुपमा भने विगत १३ वर्षदेखि शुरु गरेको उहाँले बताउनुभयो । उहाँले हाल १० कट्ठा जमीनमा व्यावसायिक रुपमा स्थानीय जातको धनियाँ खेती गर्नुभएको छ ।

एक वर्षमा दुईपटक मौसमी र बेमौसमी धनियाँ खेती गरेर बिक्री गर्दै आएको बताउने उहाँले प्रतिमुठा धनियाँ रु २० मा बिक्री गर्दै आउनुभएको छ । सो धनियाँ बेचेर भएको आम्दानीबाट उहाँले गाउँमा १७ कट्ठा चार धुर जमीन जोड्न सफल भएको छ। सो जमीनमध्ये १० कट्ठामा व्यावसायिक रुपमा धनियाँ खेती र अरुमा खाद्यान्न उत्पादन गर्दैआएको उहाँको भनाइ छ ।

यसैगरी सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जमीनमा चमसुर, पालक, गोभी, टमाटरलगायतका तरकारीखेती गर्नुभएको छ । उहाँ पनि दैनिक बिहानै आफूले उत्पादन गरेको तरकारी छिटुवामा बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउने गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धान खेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख त धेरै भएपनि आम्दानी राम्रो हुन्छ ।” उहाँले वर्षमा रु तीन लाख आम्दानी गर्न सफल भएको बताउनुभयो । सिँचाइको लागि पानीको समस्या हुने गरेको र अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालीम नलिएको रेखाले जानकारी दिनुभयो ।

त्यसैगरी सोही गाउँकी ४० वर्षीया राजपति चौधरी पनि १६ कट्ठा जमीनमा व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले वार्षिकरुपमा रु साढे तीन लाख तरकारीखेतीबाट आम्दानी लिन सफल भएको बताउनुभयो । तरकारीखेतीबाटै भएको आम्दानीले गर्दा दुई छोराछोरीलाई बाली विज्ञान विषय अर्थात् कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उहाँले बताउनुभयो ।

उहाँले बन्दा, फूल गोभी, टमाटरलगायतका तरकारी खेती गर्दै आउनुभएको छ । दिनभर तरकारी खेतीमा व्यस्त हुने बिहानै उहाँ छिटुवामा तरकारी राखेर पैदल हिँडेर तुलसीपुर बजारसम्म बिक्रीका लागि आउने गर्नुहुन्छ ।

उहाँले बन्दागोभीको मूल्य सस्तो तर टमाटर र फूलगोभी भने प्रतिकिलो रु ५० सम्म बिक्री गर्ने गरेको बताउनुभयो । सामान्य लेखपढ गरेको बताउने उहाँले यस पेशामा टिकाइ राख्न महिलालाई सिँचाइको लागि पानी, तरकारीको उचित मूल्य र बजारीकरण तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालीमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले ती महिला तथा अन्न नगरपालिकाभित्र तरकारी खेती गर्ने सबै कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले धम्कापुर गाउँका किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबार्ट प्रोत्साहन गर्ने कृषि कार्यक्रम ल्याइने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter