‘माछा उत्पादनमा वृद्धि’

siraha-fishगाईघाट, पुस १६ गते । एक्काइस वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि करीब ७५ क्विन्टल माछा उत्पादन भएको थियो ।

पाँच वर्षअघि जिल्लामा २९ हेक्टरमा माछापालन गरिएको थियो भने हाल विस्तार भएर ५५ हेक्टर पुगेको केन्द्र, माछापालन विभागका प्रमुख यादव बताउनुहुन्छ । त्यस्तै पाँच वर्षअघि १५० कृषक मात्र माछापालनमा संलग्न थिए । अहिले २५२ कृषक प्रत्यक्षरूपमा व्यावसायिकरूपमा संलग्न छन् ।

जिल्लामा केन्द्रले हिउँदको सुक्खायाममा पोखरीमा हुने पानीको अभावबाट माछा बचाउन अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको र माछासमेत राम्ररी उत्पादन हुँदै गएको केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार अब बिस्तारै माछा उत्पादनको क्षेत्रमा जिल्ला आत्मनिर्भर बन्न लागेको छ । वार्षिक रु दुई करोडसम्मको माछाको कारोवार हुने यहाँ अहिले जिल्लामा कुल मागको करीब ७० प्रतिशत माछा उत्पादन हुन्छ । यहाँ बिगहेड, क्याटफिस, नाहुर, भ्याकुर, रहु र नैनी प्रजातिका माछा उत्पादन हुँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter