• Monday, April 14, 2025

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

nattaकाठमाडौँ, पुस २४ गते । नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गर्ने उक्त मार्टको तयारी अन्तिममा पुगेको हो । लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसाथ जनवरी १० देखि १२ सम्म रुपन्देहीको लुम्बिनीमा हुन लागेको उक्त मार्टमा १५० बढी स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिनुभयो ।

मार्टमा भाग लिन विभिन्न देशका दुई दर्जन सहभागी नेपाल आइसकेका छन् । मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवद्र्धन हुने नाट्टाले विश्वास लिएको छ ।

बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘विजनेश टु विजनेश मिटिङ’, बुद्ध पर्यटन प्रवद्र्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुने नाट्टाले जनाएको छ ।

मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल सङ्घका अध्यक्ष सुनिल कुमार, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, अष्ट्रेलियाका प्रतिनिधि स्टेभ कैमिसलगायतले बुद्ध पर्यटनको विकासका बारेमा आफ्नो भनाइ राख्ने कार्यक्रम छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter