तिलौराकोट दरबार क्षेत्रमा उत्खनन्

Buddhaतौलिहवा, पुस २४ गते । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ ।

युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको हो । तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिनुभयो ।

यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर र कन्थक स्तुप क्षेत्रको उत्खनन् गरिने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । “अघिल्ला वर्षमा गरिएको उत्तरी द्वारको संरक्षणको काम पनि यस वर्ष गरिनेछ,” उहाँले भन्नुभयो, “तिलौराकोट दरबार क्षेत्रको वरपर अन्वेषण, नक्साङ्कन र भिजिटर सर्भेको काम पनि गरिनेछ ।”

उत्खनन् र संरक्षणले मात्रै पर्यटन प्रवद्र्धन हुन नसक्ने भन्दै यस क्षेत्रका सर्वसाधारणको आर्थिक विकासमा सहयोग पुग्ने योजनालाई पनि अघि बढाइने पुरातत्व विभागले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter