• Monday, May 26, 2025

देश विकासमा लाग्न पूर्व राष्ट्रपतिको आग्रह

president-ram-baran-yadavकाठमाडौँ, पुस २८ गते । पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको हो ।

“जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बाहना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ ।

निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले गरीब, दलित, दुर्गम, वा आर्थिक–सामाजिक हरेक क्षेत्रबाट पछाडि पारिएको समुदायलाई सरकारले शिक्षामा पूर्ण निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारद्वारा राष्ट्रभरिमै सर्वोकृष्ट विद्यालय घोषित भई लगातार तीन पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कारद्वारा विभूषित नाइटिङ्गेल स्कूल विसं २०४९ मा स्थापना भएको हो । कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter