• Thursday, May 29, 2025

जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् ः उपप्रम पोखरेल

Ishwor Pokharelभरतपुर, पुस २८ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ंजनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो ।

“सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।” सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।

“राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्” उहाँले भन्नुभयो, “चर्चा गर्न लायक विषय पनि हुन्छन्, त्यसलाई प्राथमिकता दिनुपर्छ ।” सञ्चार जगत्ले पु¥याएको योगदानका कारण देशमा लोकतन्त्र संरक्षण भएको उहाँको भनाइ छ । सरकारको गुण र दोषका आधारमा दृष्टिकोण बनाउन उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

राजनीतिक दल, दलका नेता, राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्छ पोखरेलले भन्नुभयो, “अझ राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् बढी जिम्मेवार हुनुपर्र्छ ।”

एफएम रेडियो प्रभावकारी सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै उहाँले नयाँ सोच र अठोटका साथ काम गर्न आग्रह गर्नुभयो । देशमा एउटा सरकार बदलिएर अर्काे सरकार बनेको नभई देश नयाँ प्रणालीमा गएको बताउनुभयो । “देशमा ७५३ सरकारका छन्, संविधानले सबैलाई परिभाषित गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई संस्थागत गर्नु आवश्यक छ ।”

देशमा परिवर्तन ल्याउनका लागि हाम्रो व्यवहार, आचरण र चिन्तनमा समेत परिवर्तन हुनुपर्नेमा उपप्रधामन्त्री पोखरेलले जोड दिनुभयो । संसारमा कहीँ नभएको दुई तिहाइको स्थानीय, प्रदेश र सङ्घीय सरकार नेपालमा भएकाले कतिपयलाई अस्वभाविक लागेको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाले सूचना सञ्चारका माध्यमबाटै देशमा धेरै राम्रा काम भएको बताउनुभयो । प्रदेश सरकार उत्पादनमुखी अभियानमा लागेको भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter