• Friday, June 13, 2025

हिमाली जिल्ला मनाङमा स्याउ उत्पादन बढ्दै

apple farmलमजुङ, पुस २८ गते । हिमाली जिल्ला मनाङमा स्याउ उत्पादन बर्सेनि बढ्दै गएको छ । स्याउ खेती गरिएको जग्गासँगै उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङले जनाएको छ । पछिल्लो समय हाइब्रिड (वर्ण शङ्कर) स्याउ लगाउन थालेपछि बर्सेनि यसको उत्पादन बढेको स्याउ जोन मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार मनाङका कृषकले रैथाने स्याउसँगै वर्ण शङ्कर स्याउ खेती र उत्पादनमा जोड दिन थालेको छ ।

स्याउ जोन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा २०७ हेक्टरको जग्गामा लगाइएको स्याउबाट ९१६ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसमा ८९ हेक्टर मात्र उत्पादनशील छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० मेट्रिक टन स्याउ फलेको थियो । त्यसअघि आ.व. २०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८२५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आ.व. २०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

स्याउ जोन मनाङका प्राविधिक सहायक योवनकुमार सुनुवारका अनुसार मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । स्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि किसानले चासो दिन थालेका हुन् । फल क्षमता बढी भएका बिरुवा लगाइनु, उन्नत जातको बिरुवा लगाउनु, सिँचाइ र मलखादको राम्रो व्यवस्था भएकाले स्याउ उत्पादन बढेको उहाँले बताउनुभयो । ठाउँ त्यही हो, किसान उही । खेती गर्ने तरिका फरक भएको छ । उत्पादन राम्रो हुँदै गएको, उहाँले भन्नुभयो ।

सिँचाइ, मलखाद र उपचार राम्रो हुँदा तथा साना बोट धेरै ठाउँमा फिजिने भएकाले थोरै जग्गामा पनि हाइब्रिड जातका स्याउको उत्पादन बढी हुने गरेको कृषि प्राविधिकले बताएका छन् । स्याउ जोन परियोजनाले जिल्लाको चामे, मनाङ ङिस्याङ, नार्पाभूमि र नासों गरी चार वटै गाउँपालिकाका सम्भावित ठाउँमा स्याउ फलाउने योजना अघि सारेको छ ।

पहिलोपटक नार्पाभूमि गाउँपालिका २ मेताबेंसीको तीन हजार चार सय मिटर उचाइको जग्गामा स्याउ खेती गर्ने तयारी गरेको छ ।

यसअघि स्याउ खेती गरिँदै आएको मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकाका हरेक वडामा स्याउ खेतीका लागि जग्गा छनोट गरिएको छ । मनाङमा करिब एक सय हेक्टरमा लगाइँदै आएको स्याउ खेती एक हजार दुई सय हेक्टरसम्म गर्न सकिने सम्भावना रहेको जोन अधिकृत सिलवालले बताउनुभयो । स्याउ खेती विस्तारसँगै अबका वर्षमा स्याउ उत्पादन बढ्दै जाने उहाँले बताउनुभयो । मनाङका ७० प्रतिशत स्याउ काठमाडौँ, पोखरा, चितवन, बेंसीसहरका बजारमा बिक्री हुने गरेको किसानले बताएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter