• Wednesday, May 28, 2025

खुट्टा पाएपछि फुरुङ्ग

artificial legकाठमाडौँ, माघ २ गते । वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो ।

स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ ठमठम हिँड्न सक्नुहुन्छ । तर उहाँको सहारा भने नक्कली खुट्टा भएको छ । सयौं दर्शक माझ नै नक्कली खुट्टामा उहाँ फुरुङ्ग हुँदै दौडनुभयो ।

भोजपुर घर भई हाल बानेश्वर बस्दै आउनुभएका एजिन्द्रप्रसाद लुईंटेलको पनि कथा उस्तै छ । होलीको समयमा हुने आध्यात्मिक समारोहमा सरिक हुने क्रममा गएको फागुनमा उहाँ भारत पुग्नुभयो । आगरा–लखनउ सडकखण्डमा मोटरसाइकलको पछाडी बसेर यात्रा गर्दै गर्दा दुर्घटनामा परेर उहाँ घाइते हुनुभयो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

भाँचिएको खुट्टा जोड्ने प्रयास नेपाल र भारतका अस्पतालले गरे पनि अन्ततः सफल हुन सकेन । खुट्टा गुमाउन पुग्नुभएका लुइँटेलले भन्नुभयो, “पहिलोपटक खुट्टा पाएँ, अरुले जसरी नै काम गर्छु भन्ने हिम्मत छ ।” कान्छालाल बोमजनलाई २०४७ मा बिच्छीले खुट्टाको बूढीऔंलामा टोक्यो । सामान्य होला भनेर उहाँ झारफुककै भरमा निको हुने आशामा बस्नुभयो । लामो समयसम्म निको नभएपछि घाउ पाक्न थाल्यो । “अस्पताल जाँदा क्यान्सर भइसकेको रहेछ, कान्छालालले अनुभव सुनाउनुभयो, अनि खुट्टा काट्नुप¥यो ।”

नक्कली खुट्टा पाएपछि उहाँ पनि अहिले खुशी हुनुहुन्छ । सवलाङ्गझैं ठमठमी हिँडेर उहाँले पुरानो घाउ बिर्सने प्रयास गर्नुभयो । “अब फेरि नयाँ जीवन पाएको महसुस भयो, उहाँले भन्नुभयो, “अब केही नयाँ काम गर्छु भन्ने लाग्या छ ।”

आगोले पोलेर खुट्टा गुमाउन पुगेका मनाङका दोर्जे लामाले पनि नक्कली खुट्टा पाएपछि यताउता हिड्न सहज भएपछि अहिले खुशी हुनुभएको छ ।

उहाँहरु केही प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । उहाँहरुलाई यसरी खुट्टा बनाउन भारतबाट प्राविधिज्ञ र चिकित्सक समेत नेपाल आएका थिए । काठमाडौँमा चिकित्सक र प्राविधिकले नापजाँच गरेअनुसारको बनाएर नक्कली खुट्टा राखेका थिए ।

यो वातावरण भने भारतको भगवान महावीर विकलाङ्ग सहायता समिति र नेपालको चौधरी फाउण्डेसनले मिलाएको हो । समितिले दक्षिण एशियामै पहिलोपटक नक्कली खुट्टा प्रत्यारोपण शिविरमा खुट्टा गुमाएकाहरुको निःशुल्क रुपमा नक्कली खुट्टा हालेको जनाएको छ । वार्षिक ८० हजार खुट्टा हाल्दै आएको समितिले अहिलेसम्म १७ लाखलाई खुट्टा हालिसकेको दाबी गरेको छ ।

नेपालमा खुट्टा गुमाएका सबैलाई खुट्टा हाल्ने क्षमता रहेको भन्दै समितिका निर्देशक सतिस मेहताले उपयुक्त वातावरण भए तीन वर्षमा खुट्टा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उनीहरुलाई नेपालको संयोजन भने चौधरी फाउण्डेसनले गरेको छ । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले माघ ३ गते नवलपुरमा शुरु हुने खुट्टा प्रत्यारोपण शिविरमा ५०० बढीलाई खुट्टा प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

यसरी खुट्टा प्राप्त गरेका अपाङ्ता भएकाको गतिविधि हेरेपछि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले खुशी हुँदै भन्नुभयो, “जो चल्न सक्तैन ऊ चल्न मात्रै होइन दौडन सक्ने भयो, यो भन्दा ठूलो मानवसेवा अरु के होला ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter