• Wednesday, May 28, 2025

पुनर्निर्माणमा प्राधिकरण–स्थानीय तह सहकार्य

Nepal Reconstruction Authorityबागलुङ, माघ ३ गते । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेका छन् । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

यसअघि प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । सोअनुसार जिल्लाका दश स्थानीय तहले पुनर्निर्माणसम्बन्धी कार्यक्रम र योजना कार्यान्वयनको जिम्मेवारी पाएका छन् ।

पुनर्निर्माणमा चाहिने जनशक्ति र बजेट भने प्राधिकरणले व्यवस्था गर्नेछ । जनशक्तिलाई काममा खटाउने, हाजिरी राख्ने लगायत प्रशासनिक कामको जिम्मा स्थानीय तहलाई छ । कर्मचारीको तलब भत्ता पनि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुनेछ ।

स्थानीय तहमा थप कर्मचारी र विज्ञ आवश्यक परेमा प्राधिकरणले नै पठाउने एकाइका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले बताउनुभयो । पुनर्निर्माणमा खटिएका जनशक्तिलाई अन्य काममा लगाउन नपाइने प्रावधान छ । समझदारीपत्रमा कर्मचारीलाई चाहिने कार्यकक्ष र फर्निचर स्थानीय तहले उपलब्ध गराउनुपर्ने उल्लेख छ । मसलन्द खर्चका लागि आवश्यक बजेट भने शर्तसहित प्राधिकरणले उपलब्ध गराउनेछ ।

स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना प्राधिकरणले तोकेअनुसार सम्पन्न गरी स्थानीय तहले नै फरफारक गर्नुपर्ने व्यवस्था छ । “लाभग्राहीले पाउने अनुदान प्राधिकरणबाट निकासा जान्छ,” इञ्जिनीयर साहले भन्नुभयो, “योजना कार्यान्वयन गर्ने, सम्पन्न गर्ने जिम्मा स्थानीय तहको हो ।”

पुनर्निर्माणमा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेमा स्थानीय तहले कारवाहीका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइमा सिफारिश गर्नेछन् । निजी आवास पुनर्निर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज पनि विस्तारै स्थानीय तहलाई हस्तान्तरण गरिने जनाइएको छ ।

स्थानीय तहको जिम्मामा आएपछि पुनर्निर्माण प्रभावकारी हुने विश्वास गरिएको छ । प्राधिकरणसँग भएको समझदारीअनुसार काम अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो । “पुनर्निर्माण हाम्रो साझा दायित्व हो,” उहाँले भन्नुभयो, “सबै पक्षको सहयोग र समन्वयमा काम अघि बढ्छ ।”

जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । तीमध्ये दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । रु तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

त्यस्तै भूकम्पले भत्काएका विद्यालय भवनको पुनर्निर्माणले पनि गति लिएको छ । यस वर्ष ४० विद्यालयको पुनर्निर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । थप दुई विद्यालय भवन क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् भने बहत्तर विद्यालय पुनर्निर्माणको पखाईमा छन् ।

पुनः जाँच र सर्वेक्षण गरेर भए पनि छुटेकालाई अनुदान दिलाइनेछ । भूकम्प गएको दुई वर्षपछि मात्र प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना भएकाले पुनर्निर्माणमा ढिलाइ भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter