• Saturday, June 14, 2025

स्ट्रबेरीको अनुसन्धान सफल

Strawberryविराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवकोटाले गत कात्तिक २२ गते स्ट्रबेरी खेती थाल्नुभएको थियो । स्थानीय हेमन्त शर्मा र मोहन बस्नेतसँग दुई कठ्ठा जमिन भाडामा लिएर रोपिएको बिरुवाले लटरम्मै फल दिएको हो ।

उत्पादन हुनसक्ने सम्भाव्यता अध्ययन गर्नका लागि परीक्षण उत्पादन सफल भएपछि खेती विस्तारको तयारी थालिएको छ । फल पाकेर खान योग्य भएसँगै यसको स्वाद परीक्षण गरिएको छ । युरोपमा उत्पादन भएको फलसँग स्वाद, रङ र आकारमा फरक छैन देवकोटाले भन्नुभयो । माघ १५ गतेदेखि विराटनगरस्थित सेन्ट्रल महलबाट बिक्री गर्ने तयारी गरेको छु । विराटनगरमा उत्पादन भएको स्ट्रबेरीलाई हिमालयन बेरी ब्राण्डमा बिक्री गरिने भएको छ । समिरा एग्रोटेक प्रालि अन्तरगत रहेको यो ब्राण्डको बेरी प्रतिकेजी छ सय रुपियाँमा किन्न पाइने बताइएको छ ।

विराटनगरमा दुई हजार दुई सय र धरानमा पनि खेति शुरु गर्नुभएका देवकोटाले एक हजार आठ सय बिरुवा रोपेको जानकारी दिनुभयो । अमेरिकन र उरुग्वेन प्रजातिको स्ट्रबेरीले वैशाखसम्म फल दिने आशा युवा कृषक देवकोटाको छ । चार हजार बिरुवाबाट तीन हजार दुई सय क्विन्टल उत्पादन हुने आशा राखेको छु, देवकोटाले भन्नुभयो । एक बोटले छ सय ग्राम उत्पादन दिने सङ्केत देखाएको छ, कुनै प्राकृतिक समस्या थपिएन भने २० लाख आम्दानी लिन्छु, लागत चार लाख मात्रै छ । तराईमा भदौ अन्तिम र असोज दोस्रो हप्तासम्म रोप्नु उचित हुने बताइन्छ । रोपेको छ हप्तामा फुल्ने र आठौँ हप्तादेखि फल लाग्न थाल्ने गर्दछ । यो फलको ७५ प्रतिशत भाग रातो भएपछि टिपेर बिक्रीका लागि बजारमा पु¥याउनुपर्ने हुन्छ भने टिपेको दुई दिनसम्ममा खाइसक्नु राम्रो मानिन्छ ।

सप्तरीबाट काठमाडौँ अध्ययनका लागि जानुभएका देवकोटाले बीएस्सीएजी उत्तीर्ण गर्नुभएको छ । त्यसपछि अमेरिकास्थित यूनिभर्सिटी अफ फ्लोरिडाबाट किट विज्ञानमा एमएससी गरेको जानकारी दिनुभयो ।

अहिले बालीको विशेषता बिपरीत रहेको मौसममा उसको उब्जनीको अध्ययन गरिरहेको छु । स्ट्रबेरी तराईमा उत्पादन हुनसक्छ कि सक्दैन अध्ययन त्यहीँ केन्द्रित छ, देवकोटाको भनाइ छ ।

काठमाडौँ, पोखरामा यही प्रजातिको स्ट्रबेरीको खेती गर्न सकिने टेवकोटाको दावी छ । यस अगाडि नुवाकोटको ककनीमा जापानी प्रजातिको स्टबे«री उत्पादन थालिएको थियो । अमेरिकासम्म पुगेर अध्ययन थालेका कृषकले नेपालमै हुनसक्ने कृषिको अध्ययन गर्नका लागि देखाएको दृढता युवा तथा शैक्षिक बेरोजगारका लागि नमुना बन्न सक्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter