• Monday, May 26, 2025

सम्पूर्ण बैंकिंग तथा बित्तिय समस्याको समाधान; बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा. लि.

Banking Solutionकाठमाडौँ, माघ ३ गते । “सम्पूर्ण बैंकिंग तथा बित्तिय समस्याको सामाधान” भन्ने मूल नारा का साथ खुलेको बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा. लि. ले मुलत: बित्तिय सँस्था संग सम्बन्धित जुनसुकै समस्याको समाधान गर्न ग्राहकवर्गलाइ मद्दत गर्ने दाबि गरेकोछ।

आजको दिनमा जो कोहि लाइ पनि जग्गा जमिन जोड्ने, घर बनाउने, आम्दानि को स्रोत का लागि ब्यबसाय संचालन गर्ने र गाडी चड्ने चाहना हुनु श्वभाबिक हो। यी सम्पूर्ण भौतिक सर सुबिधा आफ्नो बनाउनका निमित्त बैंक तथा बित्तिय संस्था को सहयोग अपरिहार्य हुने गर्दछ। हाल नेपालमा सयौ को संख्यामा बैंक तथा बित्तिय संस्था संचालनमा छन् प्रतेक संस्थाका छुट्टा छुट्टै ब्याजदर, आ आफ्ना नीति नियम र सोहि अनुसारका आबस्यक कागजात हुने गर्दछन, जुन कुरा आम सर्बसाधरण जनतालाई जानकारी हुदैन र प्रतेकमा गएर बुझ्न पनि सम्भब हुदैन। यीनै यावत कारणले गर्दा आफ्नो लागि कुन संस्था उचित हुने भन्ने कुरा मा ग्राहकवर्ग अलमल मा पर्ने, बैंकिंग कर्जा प्रतिनै बित्रिष्णा पैदा हुने र आफु बैंकिंग कर्जाका निमित्त योग्य नरहेको ठानी घर फर्किन बाहेक अरु उपाय नहुने र काम भै हालेपनि ग्राहक झन्झटिलो प्रक्रिया र महँगो ब्याजदरमा पर्ने समस्या रहन्छ। यी र अन्य बैंक तथा बित्तिय संस्था संग सम्बन्धित समस्याहरुको सामाधानका निमित्त बैंकिंग एंड फाइनान्सियल सोलुशन खुलेको संस्थाका अध्यक्ष मनोज पौड्याल ले बताए।

पी. एच. डी. स्कोलर समेत रहेका पौड्याल लामो समय बैंकिंग छेत्रमा सम्पर्क प्रबन्धक हुदै शाखा प्रबन्धकको रुपमा अनुभब बटुलेका र ग्राहकवर्ग बिसेषगरि कर्जा लिने प्रक्रियामा आबश्यक कागजात संकलन गर्ने क्रममा ठुलो दुबिधामा हुने आफ्नो अनुभब समेत हामि संग बाडे।

मुख्य तया ऋण लिनका लागि ऋणीहरुलाई आवश्यक पर्ने परामर्श, ऋण लिनका लागि चाहिने आवश्यक कागजात, प्रकृया, ऋण सम्झौता, ऋणको किस्ता, ब्याजदर जस्ता विषयमा सम्पूर्ण जानकारी लिन सकिने कोटेश्वोर चोक, काठमान्डूमा मुख्य कार्यालय रहेको बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा. लि. का अध्यक्ष पौड्यालले बताए।

साथै बैंकिंग छेत्रमा कार्यरत कर्मचारी हरुलाई ब्यबस्थापन द्वारा दिईएको लक्ष ( टार्गेट ) हासिल गर्नका लागि समेत सहयोगी भूमिका खेल्ने उनले बताए।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter