• Monday, April 14, 2025

लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ

Laprak-gorkhaगोरखा, माघ ७ गते । धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असोजदेखि नमूनाबस्ती निर्माण थालिएको हो । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएकोे एनआरएनका परियोजना प्रबन्धक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

लाभग्राहीले प्रतिपरिवार ५३ क्यूफिट काठ उपलब्ध गराउनुपर्ने भए पनि उनीहरुले उपलब्ध गराउन नसक्दा निर्माणमा ढिलाइ भएको हो । “गुप्सीपाखामा काम गर्न सजिलो छैन”, अर्यालले भन्नुभयो । निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले स्थानीयवासी र एनआरएनका पदाधिकारीसँग छलफल थालेको छ । स्थानीयवासीले ढुङ्गा र गिटी उपलब्ध गराए पनि काठ उपलब्ध गराउन नसक्ने बताएका छन् ।

कतिपय घरमा महिला तथा बालबालिका मात्र छन् । उनीहरुले काठ बोकेर ल्याउन सक्ने अवस्था छैन । स्थानीयवासीले प्रत्येक घरमा शौचालयसमेत निर्माण गरी दिन एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनले आउँदो वैशाखसम्म घर निर्माण गरिसक्ने लक्ष्य लिएको इञ्जिनीयर अर्यालले बताउनुभयो । हालसम्म करीब ५०० घरको पहिलो तल्लाको काम सकिएकोे छ भने १२५ घरको दोस्रो तल्ला र ३७० घरको ट्रस्ट राख्ने काम भइरहेको अर्यालले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter