मेहनत र आत्मविश्वासले बनाइदियो महिलालाई प्याराग्लाइडर

paraglidingचिप्लेढुंगा, माघ १३ गते । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई सहजै स्विकार्ने अवस्था बनिसकेको छैन । तर, अवसर मिलेमा जस्तोसुकै चुनौतीको पनि सामना गर्ने सामथ्र्य महिला राख्छन् र सफल पनि हुन्छन् भन्ने एक नमूना बनेकी छिन् भुजेल ।

भुजेलले भनिन् – “आकाशमा उडेको सपना देख्थें । त्यही पूरा गर्न मेहनत गरें र सफल पनि हुँदै गए ।” सफल बन्न हरेक दिन नयाँ सपना देख्नुपर्ने र आफ्नो रुचि र सन्तुष्टि मिल्ने सपनालाई पूरा गर्न मेहनत गर्नुपर्ने उनको धारणा छ ।

बुबा काली बहादुर भुजेल र आमा देउमाया भुजेलका चार सन्तान मध्येकी जेठी प्रतिभाले सन् २००९ देखि प्याराग्लाइडिङ्ग उडानका लागि तालीम लिएकी हुन् र विसं २०१२ देखि तिनले व्यावसायिक उडान शुरु गरिन् ।

ब्लु स्काई कम्पनीबाट उडानको प्रशिक्षण लिएकी ३३ वर्षीया भुजेलले सोलो हुँदै टेन्डम उडान गरेकी हुन् । भुजेल टेन्डम उडान गर्ने नेपालकै पहिलो व्यावसायिक महिला पाराग्लाइडर पाइलट हुन् । शुरुमा उनको यो रुचिप्रति परिवारको समर्थन रहेन तर, रहर र इच्छाबीच झाङ्गिएको आत्मविश्वासमा परिवारले बाध्य भएर समर्थन गर्नुप¥यो । आज उनको कामप्रति परिवारका सदस्य खुशी छन् । पहिलो उडान गर्दाको अनुभवबारे भुजेल भन्छिन् – “पहिलो उडान त रोबोट जस्तै वाकिटकिको सहारामा प्रशिक्षकको निर्देशनमा मात्रै केन्द्रित भयो । मजा लिने अवसर नै मिलेन ।” त्यसपछिका दिनहरुमा भने आकाशमा रमाउने बानी भएको र साढे चार घण्टासम्म उडेका उनको अनुभव छ । भुजेल एसियाड गेममा सहभागी महिला टोलीको नेतृत्व गरेकी प्यारापाइलट पनि हुन् ।

लेकसाइडकै त्रिसा श्रेष्ठको पनि सपनाको उचाइ निकै माथि छ । परिवारको साथ र प्रेरणाबाट आफ्नो लक्ष्यतर्फ लम्किएकी त्रिसा नेपालमा प्याराग्लाइडिङ्ग भित्र्याउने पाइलट बिरु बम्जनकी बुहारी हुन् । बुबा ज्ञान बहादुर र आमा सीता मायाकी सन्तान त्रिसा प्याराग्लाइडिङ्ग पाइलट श्रीमान् राजेश बम्जनको प्रेरणा र साथले सफल भएको बताउँछिन् । तीस वर्षीया त्रिसा ग्राफिक्स डिजाइनर पनि हुन् । सन् २००७ मा श्रीमान्ले सिक्ने हो भनेर ख्यालख्यालमै भनेको स्मरण गर्दैै उनी भन्छिन् – “त्यही शब्दले नै रहरलाई स्थापित गरिदियो ।” उनले सनराइज प्याराग्लाइडिङ्गबाट १५ दिनको कोर्स गरिन् र ६ वर्ष सोलो तथा ४ वर्ष टेन्डम गरिन् । आकाशमा उड्दा बढेको आत्मविश्वासले जीवनलाई सधैं प्रफुल्लित बनाइरहेको उनको अनुभूति छ । त्रिसाले नेपाल ओपन प्याराग्लाइडिङ्ग च्याम्पियनशीपमा पनि पहिलोपल्ट तेस्रो स्थान र दोस्रो पल्ट दोस्रो स्थान हासिल गरेकी छिन् । इण्डोनेशियाको बाटुमा एकुरेशि वल्र्ड कपमा पनि उनी सहभागी भएकी थिइन् ।

किसु पौडेल पनि पोखरा लेकसाइडकी बासिन्दा हुन् । हरेक दिन आकाशमा उडिरहेका प्याराग्लाइडिङ्ग देख्दा उनमा पनि नजानिँदो किसिमले रुचि बढ्दै गयो । त्यो बेला विदेशी प्यारापाइलट महिलाले निर्धक्कसँग उडेको देख्दा उनको मनमा पनि गरे सकिने रहेछ भन्ने सोच पलायो । उनले भनिन् – “विदेशबाट आएर हाम्रो भूगोलमा यति आनन्दले उडिरहेका छन्, हामीले पनि त गर्न सक्छौ नी ।” त्यही दिनदेखि उनलाई आकाशमा उड्ने रहर बढ्यो । सन् २००९ मा उनले प्याराग्लाइडिङ्ग तालीम गरिन् । त्यसको तीन वर्षपछि आफैं प्याराग्लाइडर पाइलट बन्ने सोच बनाइन् । ब्लु स्काइ कम्पनीबाट १५ दिने सैद्धान्तिक र सोलो उडानको व्यावहारिक अभ्यास पूरा गरिन् । व्यवस्थापनमा स्नातक उत्तीर्ण २७ वर्षीया किशु बुबा होमनाथ र माता रुपा पौडेलकी चौथो सन्तान हुन् । जीवनमा खुशीका रङ्गहरु मेहनतले मात्रै भर्न सकिन्छ भन्ने सोच राख्ने पौडेल पर्यटकीय नगरी पोखरामा साहसिक खेलको रुपमा विकास भएको प्याराग्लाइडिङ्गको सम्भावना राम्रो भएको ठान्छिन् । उडानमा पर्यटकले महिला पुरुष पाइलट भनेर नरोज्ने तर, मुस्लिम महिलाले महिला पाइलट बढी खोज्ने गरेको पौडेलको अनुभव छ । उनी भन्छिन् – “पर्यटकहरु उडान पछि खु्शीका साथ धन्यवाद दिन्छन् । त्यो बेला बेग्लै अनुभुति हुन्छ ।”

कतिपय क्षेत्रमा महिला र पुरुषबीच पारिश्रमिकमा विभेद रहे पनि यो क्षेत्रमा त्यस्तो भेदभाव नरहेको तर, बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण यो पेशा पहिलेजस्तो आकर्षक नरहेको उनको भनाइ छ । पोखरामा प्रमुख पर्यटकीय आकर्षणका रूपमा साहसिक खेल प्याराग्लाइडिङ्गको विकास भएको दुई दशकभन्दा बढी भइसकेको छ । व्यवस्थापन फितलो भएकाले प्याराग्लाइडिङ पाइलटहरु सन्तुष्ट भने छैनन् । अझ महिला पाइलटहरु जुन उत्साहले यस क्षेत्रमा प्रवेश गर्छन् त्यो अनुसारको वातावरण नभएको उनीहरु बताउँछन् । सिक्ने र रहर पूरा गरेर अर्को पेशा व्यवसायतिर लाग्ने थुप्रै रहेको उनीहरु बताउँछन् ।

पोखरामा ५० कम्पनीले व्यावसायिक प्याराग्लाइडिङ्ग उडान गर्ने गरेको नेपाल हवाइ खेलकूद संस्थाका महासचिव वसन्त दवाडी बताउँछन् । झण्डै ३०० हाराहारीमा पाइलट छन् । त्यसमा दश÷पन्ध्र जना मात्रै महिला छन् । व्यावसायिक उडान गर्ने महिला जम्मा पाँच÷छ जना छन् । बाँकी सोलो उडान गर्छन् । विदेशी पर्यटकले भने महिला पाइलटसँग बढी सुरक्षित महसुस गर्ने गरेको दवाडी बताउँछन् ।

सन् २००९ मा महिला पाइलट एउटा उत्साहका साथ यस क्षेत्रमा प्रवेश गरे । त्यो बेला महिलाले पनि प्याराग्लाइडिङ्ग गर्न सक्छन् र भनेर आशङ्का र अविश्वासको नजरले हेर्ने थुप्रै भए पनि आज तिनै महिला हरेक दिन उडान भरिरहेका छन् र व्यावसायिक रुपमा सफल भइरहेका छन् । दवाडी भन्छन् – “उनीहरु साहसी हुन् र नेपाली समाजका नमूना महिला हुन् ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter