न्यून दृष्टियुक्त कक्षा: समयमै पुस्तक नआउँदा समस्या

blind-coupleलमही, माघ १५ गते । सामान्य विद्यार्थीको पुस्तक वैशाखमै आइपुग्छन्, तर फरक क्षमता भएका न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ गर्छन् ।

पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामीजस्ता न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उहाँले बताउनुभयो । किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्नेमात्रै हुने, तर घरमा गएर पढ्ने अवस्था नहुने न्यून दृष्टियुक्त विद्यार्थीको भनाइ छ ।

न्यून दृष्टियुक्त शिक्षक रामबहादुर खड्काले समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको बताउनुभयो । “न्यून दृष्टियुक्त विद्यार्थीका पुस्तक समयमै नआउँदा पठनपाठनमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार न्यून दृष्टियुक्त विद्यार्थीका पुस्तक भदौ/असोजतिर मात्रै आउने गरेका छन् । जसले गर्दा उनीहरुको कक्षा धेरै पछाडि हुने गरेको छ ।

त्यस्तै कक्षा १० भन्दामाथिका न्यून दृष्टियुक्त विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकासमेत उहाँले बताउनुभयो । “दश कक्षाभन्दा माथिका न्यून दृष्टियुक्त विद्यार्र्थीका लागि पुस्तक छापिँदैनन्, उहाँले भन्नुभयो, “त्यसले गर्दा पठन पाठनमा समस्या हुने गरेको छ ।” विद्यार्थीले शिक्षकले पढाएको र सुनेको आधारमा तथा अडियोका आधारमा पढ्ने गरेका छन्, त्यो पढाउँदासम्म मात्रै बुझ्ने र पछि फेरि दोहोर्याएर पढाइ नहुँने हुँदा बिर्सिने समस्या हुने गरेको उहाँले बताउनुभयो ।

साथै न्यून दृष्टियुक्त विद्यार्थीका लागि बे्रललिपीमा प्रश्नपत्र तयार हुनुपर्ने न्यून दृष्टियुक्त शिक्षक कुसल तामाङले बताउनुभयो । “अहिले सामान्य विद्यार्थीसरह प्रश्नपत्र आउँछन्”, उहाँले भन्नुभयो, “त्यसले गर्दा न्यून दृष्टियुक्त विद्यार्थीले आफैँ प्रश्न पढ्न पाउँदैनन्, अर्काले भनिदिएको प्रश्नका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।”

उहाँले अन्य अपाङ्गता भएका व्यक्तिसरह न्यून दृष्टियुक्तलाई दाँज्न नहुनेसमेत बताए । “अन्य अपाङ्गता भएका व्यक्तिभन्दा न्यून दृष्टियुक्त भएका व्यक्ति फरक हो, दश प्रकारका अपाङ्गता भएका व्यक्तिमध्ये न्यून दृष्टियुक्त भएका व्यक्तिले यो संसार देख्न पाएको हुँदैन” उहाँले भन्नुभयो, “त्यसैले राज्यले पनि न्यून दृष्टियुक्त भएका व्यक्तिलाई विशेष तरिकाले हेर्नुपर्छ ।” अहिले दाङमा गुरुजजुर मावि तुलसीपुर र लमहीको आदर्श मावि लालमटियामा न्यून दृष्टियुक्तका लागि पठनपाठन भइरहेको छ ।

तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी न्यून दृष्टियुक्त विद्यार्थीलाई छात्राबास सञ्चालन गरेर अध्यापन गराइरहेका छन् । तुलसीपुरमा तीन जना र लमहीमा एक जना न्यून दृष्टियुक्त शिक्षक कार्यरत छन् । साथै न्यून दृष्टियुक्तका लागि सरकारले समयमै बजेट पनि उपलब्ध गराउनुपर्ने उहाँहरुको माग छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter