आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप सम्पन्न

Video Trainingकाठमाडौँ, माघ १५ गते । नेपालको भिडियो पत्रकारिताको क्षेत्रमा अग्रणी संस्था मानिने वल्र्डभ्यु नेपालले आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप हालै सम्पन्न गरेको छ । कार्यशालामा सहभागी संचारकर्मीहरुले मोवाईल फोनको प्रयोग गरेर छोटो भिडियो तयार गर्ने सीप सिक्नुको साथै कार्यशालाको अन्त्यमा सबै सहभागीहरुले छोटा भिडियोहरु निर्माण गरेका थिए ।

कार्यशालाको अन्तिम दिन सहभागीहरुले समसामयिक विषयमा तयार गरेका छोटा भिडियोहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बोल्दै वल्र्डभ्यु नेपालका अध्यक्ष भारतदत्त कोईरालाले संचारमाध्यमको प्रयोगको परम्परागत स्रोतमा परिवर्तन आएको बताउँदै त्यस अनुसार संचारकर्मीहरुले सामग्री संप्रेषण गर्नुपर्ने चुनौती आएको र यसै सन्दर्भमा वल्र्डभ्युले श्रव्य–दृष्य तालिम कार्यक्रम आयोजना गरेको बताउनुभयो । मोबाईल फोनको प्रयोग गरेर सहभागीहरुले निर्माण गरेका भिडियोहरु स्तरीय भएको र यस्तो तालिमलाई देशका अरु क्षेत्रहरुमा पनि बिस्तार गर्दै लैजाने कोईरालाले बताउनुभयो ।

कार्यशालाका प्रशिक्षक संचारकर्मी तथा फिल्म निर्देशक रमेश खड्काले हाते क्यामेरा र मोबाईल फोनको माध्यमबाट पनि स्तरीय भिडियोहरु बनाउन सकिने बताउनुभयो । कार्यशालामा वहाँले भिडियो स्टोरीटेलिंगका आवश्यक सीप,ज्ञान र प्रविधिको जानकारी दिनुको साथै भिडियो निर्माणको अभ्यास गराउनु भएको थियो । अभ्यासका दौरानमा सहभागीहरुले आफ्नो स्टोरीको विषय छान्ने, छायांकन गर्ने र सम्पादनको कार्य कार्यशालाको दौरानमा नै गरेका थिए । सहभागीहरुले तयार गरेका भिडियोहरुबाट आफु उत्साहित भएको र नेपालको सन्दर्भमा अनलाईन मिडियाहरुले भिडियोका विषयवस्तु समावेश गर्ने सरल तरिकाहरुको बारेमा पनि वहाँले जानकारी गराउनु भएको थियो । कार्यक्रमको पहिलो दिन संचारकर्मी रजनिश भण्डारीले मोबाईल फोनबाट मात्रै पनि कसरी भिडियो बनाउन सकिन्छ भन्ने कुराको जानकारी दिनु भएको थियो ।

सहभागी अधिकांश संचारकर्मीहरुले तालिमले आफुलाई प्रविधिसँग नजिक बनाएको र भिडियोको सैद्धान्तिक र व्यवहारिक अभ्यासले भविष्यमा काम गने आत्मविश्वास बढेको बताए । कार्यशालामा काठमाडौ,ललितपुर,भक्तपुर,कपिबस्तु,सिरहा,ईलाम,खोटाङ,गुल्मी,डँडेल्धुरा,काभ्रेपलाञ्चोक,,स्याङजा र भोजपुरबाट अनलाईन,टेलिभिजन र अन्य संचारमाध्यममा काम गरिरहेका संचारकर्मीहरु सहभागी थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter