कानून र संरचना व्यवस्था नहुँदा समस्या ः उपप्रधानमन्त्री पोखरेल

Ishwor Pokharelकाठमाडौँ, माघ १६ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने नीति नियम बनाउन सरकार सकारात्मक रहेको भन्दै सही सुझाव दिन सबैलाई आग्रहसमेत गर्नुभयो ।

देउराली–जनता फर्मास्यूटिकल्स गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदै गएको भन्दै उहाँले थप गुणस्तरीय वस्तु उत्पादन गर्न सुझावसमेत दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पु¥याउन जरुरी रहेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रीत हुन कम्पनीलाई आग्रह गर्नुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धान गर्न आधुनिक प्रयोगशाला निर्माण गर्न सरकार लागेको बताउनुभयो ।

नेपालमा २२ हजार पसलले औषधि वितरण गरेको बताउँदै उहाँले आन्तरिक उत्पादन बढाउनका लागि स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले देउराली–जनता फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।

कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताउँदै “अमेरिका, भारत, पाकिस्तानभन्दा जेठो मुलुक नेपाल भए पनि अर्थतन्त्र ज्यादै खराब भएकाले देशको अर्थतन्त्रलाई बढाउन हामीहरु लागिरहेका छौँ”, भन्नुभयो ।

स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिनुभयो । गुणस्तर औषधि उत्पादनको क्षेत्रमा यस कम्पनी अब्बल भएको उहाँको भनाइ छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालिका प्राविधिक उपाध्यक्ष मणिरत्न शाक्यले कम्पनीले मुटुरोग, नसासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिसकेको जानकारी दिदैं औषधिको आधुनिक भण्डार गृहको निर्माण भइरहेको बताउनुभयो ।

प्रालिका राष्ट्रिय व्यवस्थापक (बिक्री) प्रकाशसिंह विष्टले कम्पनी र कर्मचारी एक अर्काका लागि परिपूरक भएको कारण कम्पनी अहिलेको स्थानमा आउन सफल भएको बताउनुभयो ।

विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०७ जनालाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिनुभयो । कम्पनीले नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डिएनभीबाट आइएसओको प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

सोही अवसरमा कम्पनीमा १०, १५, २० र २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter