उत्पादन बढाउँदै गरीबी घटाउने सरकारको लक्ष्य– मन्त्री अर्याल

Padma-Kumari-Aryalपोखरा, माघ १६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार लागेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन विषयक गण्डकी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताउनुभयो ।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताउँदै मन्त्री अर्यालले आर्थिक समृद्धिमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपालको पश्चिमी भू–भागमा सहकारीप्रतिको जागरण बढेको र पूर्वमा यसले व्यावसायिकरुप लिएको चर्चा गर्दै उहाँले देशव्यापीरुपमा सहकारीको व्यावसायिकता वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । परिवर्तित संरचनाअनुसार कर्मचारीको पूर्णरुपमा व्यवस्थापन हुन नसकेका कारण काममा केही अन्यौलता भएको बताउँदै मन्त्री अर्यालले कर्मचारी व्यवस्थापनलाई चाँडै नै टुङ्गोमा पु¥याउने जानकारी दिनुभयो ।

देशमा रहेका ३४ हजारभन्दा बढी सहकारीलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । मुलुकमा सुकुम्वासी समस्या समाधान हुन नसकेको बताउँदै मन्त्री अर्यालले उनीहरुको पहिचान गर्दै वर्गीकरणका आधारमा व्यवस्थित गरिने उल्लेख गर्नुभयो । जग्गा बाँझो राख्ने प्रवृत्तिले देश अपेक्षित विकास हुन नसकेको औँल्याउँदै उहाँले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले मुलुकले तीन खम्बे अर्थनीतिलाई आत्मसात् गरेको बताउँदै सहकारी आर्थिक समृद्धिका लागि एउटा महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्रीय सहकारीको लगानी उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, राष्ट्रिय सहकारी महासङ्घका चन्द्र ढकाललगायतले सहकारी क्षेत्रले देशको समृद्धिमा खेल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter