• Tuesday, June 10, 2025

‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि सुझाव

Kathmandu-Valleyकाठमाडौँ, माघ २५ गते । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव सङ्कलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् ।

काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मङ्सिर २६ गतेबाट सुझाव सङ्कलन गर्न शुरु गरेको थियो । मुख्यगरी समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय बनाइएको थियो ।

विभिन्न चरण गरी आगामी छ महीनासम्म चल्ने यस प्रतिस्पर्धामा गत पुस ३० गतेसम्म पहिलो चरणको सोच दर्ता गर्ने समय दिइएको कामपाको शहरी योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिनुभयो ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्ने कामपाले जनाएको छ । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ ।

उत्कृष्ट सोचको आधारमा विजेतालाई रु पाँच लाख पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिनेछ ।

सदस्य–सचिव बस्नेतका अनुसार काठमाडौँको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा, २०७५’ शुरु गरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter