रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

Radioमहोत्तरी, फागुन १ गते । ससुराली घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् ।

गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन ।

विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका महोत्तरी संवाददाताको रुपमा कार्यरत सुनिता हाल नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सहसचिव समेत रहेकी छिन् ।

शुरु शरुमा रेडियो सुन्न त्यति इच्छुक नभएको भएपनि पछि रेडियोमा बोल्नसमेत इच्छा भएको सुनिताले भनिन्, “समयले आफूलाई रेडियो सुन्न मात्र नभइ, रेडियोको मालिक समेत बनाएको छ । समाचार सङ्कलन गर्ने र रेडियोमा बोल्ने उहाँको अहिले दिनहुँको कार्यतालिका छ ।”

“विवाह भएको समय अर्थात् २०५६ सालसम्म घरमा रहेको सानो रेडियो समेत खोल्न र बन्द गर्नसम्म पनि आफूले जानेकी थिइनन्”, सुनिताले भनिन्, “मधेश आन्दोलनका क्रममा रेडियोको समाचारप्रति आफू आकर्षित भएको र त्यसपछि समाचरप्रतिको बढ्दो आकर्षणका कारण आफूले पत्रकारिता पेशालाई आत्मसात गरें ।”

महोत्तरी गौशालास्थित रेडियो गौशालामा उनी करीब ६ वर्ष निरन्तर रुपमा काम गरिन् । पछि आफैंले रेडियो रुपान्तरण सञ्चालन गरेकी सुनिताले बताईन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter