विकास तथा समृद्धिमा सहयोग पु¥याउन समझदारी पत्रमा हस्ताक्षर

FNCCIविराटनगर, फागुन १ गते । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्रमा कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको सङ्ख्या वृद्धि गर्ने, हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने, ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाइ स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने, आगामी पाँच वर्षभित्रमा स्थानीय तहमा एक उद्योग स्थापना गर्न परियोजना बंैकको स्थापना गर्ने उल्लेख छ ।

यस्तै यो प्रदेशका १४ जिल्लामध्ये शुरुमा प्रदेश सरकारसँग सहकार्य गर्न पायक पर्ने स्थानमा प्रदेशस्तरको कृषि उद्यम केन्द्रको स्थापना र सञ्चालन गरी क्रमशः अन्य जिल्लामा अगाडि बढाउने कार्यक्रम रहेको समझदारी पत्रमा उल्लेख छ ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले सरकारको एक्लो प्रयासले मात्र समृद्धि हासिल गर्न असम्भव रहेकाले यसका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले यो समझदारीले कृषि र रोजगारको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter