• Saturday, May 24, 2025

सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

bideshAustrian Ministerकाठमाडौँ, फागुन १० गते । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गर्नुभएको हो । “सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध गराइनेछ,” रकम कम भएपनि त्यसबाट नेपालप्रतिको अष्ट्रियाको सद्भाव प्रतिबिम्बित हुने बताउँदै उहाँले भन्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माण तथा भौतिक पूर्वाधार निर्माणमा पनि सघाउन आफ्नो मुलुक उत्सुक रहेको बताउँदै ऊर्जा उत्पादनका क्षेत्रमा लगानी तथा पर्यटन प्रवद्र्धनमा सघाउने अष्ट्रियाली चाहना पनि उहाँले सुनाउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपालले गरेको योगदानलाई अतुलनीय भन्दै नेपालसँगै अष्ट्रिया पनि बहुपक्षीयवादको प्रवद्र्धनमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारका विकासका प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाई साकार तुल्याउने, संयुक्त राष्ट्रसङ्घमा अष्ट्रियासँग साझेदारी, आगामी चैतमा नेपालमा आयोजना हुने लगानी सम्मेलनमा अष्ट्रियाको सक्रिय सहभागिताका निम्ति आफूले अनुरोध गरेको पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, स्वच्छ ऊर्जा, प्रतिआतङ्कवादलगायत विषयमा विचारविमर्श हुनका साथै द्विपक्षीय एवम् बहुपक्षीय तहमा साझेदारी एवं सहकार्य गर्ने सहमति भएको उहाँले बताउनुभयो । बहुपक्षीय मञ्चका साथै अतिकम विकसिक देशका मामिलामा अष्ट्रियाले निर्वाह गरेको भूमिकाको सराहना गर्दै मन्त्री ज्ञवालीले युरोपेली सङ्घको महत्वपूर्ण राष्ट्र अष्ट्रियासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो ।

दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुभएको वार्तामा अर्थ, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter