• Thursday, June 12, 2025

आधा सकियो दरबार हाइस्कूल पुनःनिर्माण

काठमाडौँ, फागुन १३ गते । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण ५० प्रतिशत सकिएको छ ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चार तले र ४० कक्षाकोठो हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महीनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताउनुुभयो ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पाउने भएका थिए ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । केही चीनका र केही नेपालका सामग्री निर्माणमा प्रयोग गरिएको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताउनुभयो ।

सो भवनमा संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ ।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो । अहिलेको पुनःनिर्माणको प्रगतिलाई हेर्ने हो भने निर्धारित समयमा नै काम सक्ने पक्का भएको व्यवस्थापक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणका लागि अहिले नेपाली र चिनियाँ गरी दैनिक १२० ले काम गरिरहेका छन् ।

दुई भागमा विभाजन गरी निर्माण कार्य गरिएकामा हालसम्म तीन वटा ढलानको काम सकिएको र अब केही ढलान र साजसज्जाको काम बाँकी भएको उहाँको भनाइ थियो ।

गाभिने तयारीमा भानु र संस्कृति मावि

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाइ स्कूल) बनाउने तयारी गरिएको छ ।

एउटा मावि सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहे पनि यी दुवै विद्यालयमा यस किसिमको समयस्या छैन ।

यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी यस किसिमको अभ्यास गर्न लागिएको हो । प्रमुख कोइरालाले यस विषयमा मन्त्रालयसँग पनि सकारात्मक छलफल भइरहेको पनि बताउनुुभयो ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोर्खा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएकोे छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter